भर्खरै :

कम्युनिस्ट विचारको बीउ जोगाउन नेमकिपा स्थापना

कम्युनिस्ट विचारको बीउ जोगाउन नेमकिपा स्थापना

भक्तपुर, ६ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा बाल विकास सेकेन्डरी स्कूलमा शुक्रबार शिक्षक भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तत्कालीन समयमा नेपाल कम्युनिस्ट पार्टीमा देखापरेका खोटा विचारको विरोधमा नेमकिपाको स्थापना भएको बताउनुभयो ।
उहाँले कम्युनिस्ट पार्टीमा वैचारिक आन्दोलनको विचलन देखापरेपछि कम्युनिस्ट विचारको बीउ जोगाउन नेमकिपा स्थापना गर्नुपरेको प्रस्ट पार्नुभयो ।
“आफूलाई कम्युनिस्ट भन्न रूचाउने अहिलेका सिद्धान्तहीन शासक दलहरू कम्युनिस्टका नाममा ठग्ने ठगहरू भएका छन्”, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
पदका लागि जे पनि गर्न पछि नपर्नेहरू कम्युनिस्ट हुननसक्ने स्पष्ट पार्दै प्रदेश सांसद गोसाईले शासक दलको अहिलेको गतिविधि हेर्दा विश्वमा राजनीतिकरूपमा नेपालको बेइज्जत भएको उल्लेख गनुृभयो ।
उहाँले नेमकिपाको देश र जनताप्रतिको राम्रो काम देखेर यसलाई समूल नष्ट गर्न समय समयमा राज्यस्तरबाटै विभिन्न षड्यन्त्र रचिएको उदाहरण प्रस्तुत गर्दै जस्तोसुकै कठिनाइको सामना गरेर नेमकिपा अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू सीतालक्ष्मी प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, सुलोचना छ्वाजू, गङ्गा वैद्य, मनिषा श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *