छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
बुटवल ।
अंग्रेजलाई नेपालले जितेको ऐतिहासिक जितगढी किल्लामा नेपाल मजदुर किसान पार्टी रुपन्देहीले शनिबार बुटवलको ऐतिहासिक दरबार क्षेत्रमा भारतीय सेनाको स्थायी कार्यालय स्थापनाविरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।
‘जितगढीमाथि आक्रमणको प्रतिकार गरौं, सार्वभौमसत्ताको रक्षा गरौं ।’ भन्ने नाराका साथ आयोजित अन्तरक्रियामा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले भारतीय भूपू सेनालाई पेन्सन बैंकबाट उपलब्ध गराइरहेकोले पेन्सन क्याम आवश्यक नभएको चर्चा गर्दै शिक्षा र स्वास्थ्य उपचार जस्तो राज्यको दायित्वभित्रका विषयमा विदेशी सेना बोलाउनु निन्दनीय छ भन्नुभयो । नेपाली शासक दलका नेताहरुको दरिद्र मानसिकता कै कारण पेन्सन, शिक्षा र स्वास्थ्यको नाममा भारतीय विस्तारवादले भावनात्मक सौदावाजी गरिरहेको चर्चा गर्दै अध्यक्ष वासीले जितगढी र सोसँगै जाडिएको मणिमुकुण्द सेन दरबार क्षेत्रको ऐतिहासिक, सामरिक र पर्यटकीय महत्व भएकैले भारतीय सेनाले गिद्धेदृष्टि लगाएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीले पुर्खाको रगतले आर्जेको इतिहासलाई जोगाउन युवाहरुले डटेर संघर्ष गर्नुपर्ने जोड दिनुभयो ।
साहित्यकार एवं इतिहासविद् विजयसागरले दरबार तथा जितगढी किल्लाको ऐतिहासिक पक्ष उजागर पार्नु भयो । सेनहरुको शीतकालिन दरबार तथा विदेशी सेनालाई जितगढी क्षेत्रमा भारतीय सेनाको अडा राख्न दिने शासकहरु लाचार कठपुतली भएको उल्लेख गर्दै विजयसागरले सो क्षेत्रको संरक्षण र सम्बद्र्धन नगर्नु सरकारको नालायकीपन हो भन्नुभयो ।
बटौली संरक्षण तथा सम्बद्र्धन समितिका उपाध्यक्ष तथा बुटवल उपामहानगरपालिका वडा नं १ का अध्यक्ष मेहेन्द्र लिगलले बुटवलका जनता भारतीय सेनाको स्थायी कार्यालयको विरोधमा रहेको र त्यहाँ कुनै पनि किसिमको संरचना बनाउन नगरपालिकासँग स्वीकृति नभएको जानकारी दिनु भयो ।
राष्ट्रिय स्वाधिनताको लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले भारतविरुद्ध जनयुद्ध गरेको भन्ने प्रचण्डले नै भारतीय राजदुतको विदाईमा क्याम उपहार दिएर असली रुप देखाएको चर्चा गर्दै भारत त लुम्बिनी र जितगढी किल्ला नेपालमा भइरहनु मै आपति मान्छ भन्नुभयो ।
बुद्ध टोल विकास संस्था बुटवल १ का अध्यक्ष लक्ष्मी श्रेष्ठले व्यापक जनतालाई सचेत बनाइ सडकमा उतार्नु पर्छ भन्नुभयो ।
कार्यक्रम नेमकिपा रुपन्देहीका सदस्य कमलाले सञ्चालन गरेका थिए ।
Leave a Reply