भर्खरै :

दादुराको प्रकोपविरुद्ध खोपका लागि राष्ट्रसङ्घको सहयोग

दादुराको प्रकोपविरुद्ध खोपका लागि राष्ट्रसङ्घको सहयोग

संयुक्त राष्ट्रसङ्घ, २५ जनवरी (सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घले दक्षिण अफ्रिकामा दादुराका विरुद्धमा आम बालबालिकालाई खोप लगाउनका लागि सहयोग गरिरहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले दक्षिण अफ्रिकामा पछिल्लो समयमा दादुराको प्रकोप बढेपछि त्यसबाट बचाउन यहाँको सरकारले सबैलाई खोप लगाउने अभियानको सुरुआत गरेको थियो । त्यसका लागि संयुक्त राष्ट्रसङ्घको एक विशेष समूहले दक्षिण अफ्रिकामा नै रहेर सहयोग गरिरहेको जानकारी दिइएको समाचारमा जनाइएको छ । दक्षिण अफ्रिकाका नौ प्रान्तमध्ये पाँच ओटा प्रान्तमा नै यसको प्रकोप बढेको थियो ।
त्यसको नियन्त्रणका लागि खोप दिन थालिएको र त्यसमा संयुक्त राष्ट्रसङ्घको सहयोग रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ, “हाम्रो समूहले ती स्थानमा रहेर काम गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूको समूह पनि रहेको र उनीहरूलाई आवश्यक प्राविधि लगायतको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय टिमले सघाएको उहाँले जानकारी दिनुभायो । यहाँ गत हप्तामात्र तीन सय ९७ जनामा यो दादुराको सङ्क्रमण देखिएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *