एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई र माइन्यूट लेखन तालिमका सहभागीलाई सम्मान
- जेष्ठ १७, २०८३
नेपालगञ्ज, १७ जेठ । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा शुक्रबार बाँकेको बैजनाथ गाउँपालिकास्थित डिगियामा एक विशेष वैचारिक कार्यक्रम सम्पन्न भयो । नेमकिपाका पुराना एवं निष्ठावान् किसान नेता लालबहादुर बुढाको नवौँ स्मृति दिवसको अवसर पारेर ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ पुस्तकको अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न भएको हो ।
नेमकिपा बाँकेका जिल्ला अध्यक्ष शेरबहादुर कामीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिव धनबहादुर सिजापतिले गर्नुभएको थियो । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य बखत थापाले स्वर्गीय लालबहादुर बुढाको त्यागी, निष्ठावान् र सादा जीवनशैलीबाट नयाँ पुस्ताका कार्यकर्ताहरूले सिक्नुपर्नेमा जोड दिनुभयो । संसारका मजदुर आन्दोलनहरूको उत्थान, पतन र विकासक्रमबारे चर्चा गर्दै अतिथि थापाले पार्टीले लालबहादुर दाइजस्ता पुराना र इमानदार कार्यकर्ताहरूको योगदानको सधैँ उच्च कदर गर्ने विचार व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश समिति सदस्य नवीन शाहीले किसान नेता लालबहादुर बुढाको योगदानको चर्चा गर्दै बेलायतको ऐतिहासिक लुडाइट आन्दोलन, मागपत्रको आन्दोलन (शिकागो विद्रोह) र अन्य मजदुर सङ्घर्षहरूका विविध आयामबारे आफ्नो भनाइ राख्नुभएको थियो ।
लुम्बिनी प्रदेश समिति सदस्य नारायणी चौधरीले विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू, तिनको ऐतिहासिक पृष्ठभूमि र ती आन्दोलनहरू असफल हुनुका आन्तरिक तथा बाह्य कारणहरूबारे स्पष्ट पार्नुभयो ।
जिल्ला समिति सदस्य प्रकाश शाहीले स्वर्गीय नेताले लिएको वैचारिक बाटो र सिकाएको आदर्शलाई आत्मसात् गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । उहाँले मजदुर वर्गको उत्पत्ति, विकासक्रम तथा विश्वका मजदुर आन्दोलनहरूको उदय, सफलता, असफलता र कमजोरीहरूलाई गम्भीरतापूर्वक केलाउनुभयो ।
पार्टी बाँकेका सल्लाहकार अञ्जीरबहादुर शाहीले स्वर्गीय बुढाको राजनीतिक तथा पारिवारिक जीवनी, पार्टीमा आबद्ध हुँदाको गौरवपूर्ण इतिहास र उहाँको सादगीपूर्ण जीवनशैलीमाथि प्रकाश पार्नुभयो ।
नेमकिपा बैजनाथ गाउँ समिति अध्यक्ष तुलसीप्रसाद आचार्यले अग्रजहरू जीवित छँदा समाज र वर्गीय राजनीतिका लागि गरेको योगदानको नयाँ पुस्तालाई जानकारी गराएमा मात्र सन्ततिले त्यसको कदर गर्ने बताउनुभयो ।
स्वर्गीय लालबहादुर बुढाका छोरा नरेन्द्र बुढाले आफ्नो बाबुको लालनपालन, सङ्घर्षपूर्ण जीवन र समाजमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदानको चर्चा गर्नुभएको थियो ।
सभाको समापन गर्दै सभापति एवं जिल्ला अध्यक्ष शेरबहादुर कामीले स्वर्गीय लालबहादुर दाइप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले विश्व मजदुर आन्दोलनको चेतनालाई गाउँ–गाउँसम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
– प्रकाश ओझेल
Leave a Reply