भर्खरै :

फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न

फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न

भक्तपुर, जेठ १७ । भक्तपुर युवा टीमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद स्मृति खेलमैदानमा सञ्चालित भक्तपुर नगर अन्तर वडाव्यापी फुटसल प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार पुरस्कार वितरणसहित समापन भयो ।
कार्यक्रममा सचिव सुवालले देशको सार्वभौमिकता बचाउन र पर्यटनको विकासमा खेलकुदले सहयोग गर्ने बताउनुभयो ।
अनुशासन र मित्रताले खेलाडी र दर्शकहरू दुवै उत्साहित हुने बताउँदै उहाँले उरुग्वेबाट सुरु भएको फुटसलमा ब्राजिलियन फुटसल खेलाडी फाल्काओको चर्चा गर्नुभयो ।
भक्तपुर युवा टीमका अध्यक्ष तथा कार्यक्रमका सभापति केशव त्वायनाबासुले मित्रता र अनुशासित स्वस्थ नागरिकसहित राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडी तथा रेफ्री तयारका लागि विभिन्न खेलकुद गतिविधि गरिरहेको बताउनुभयो ।
फाइनल खेलमा वडा नं ८ ले वडा नं ७ को २ का विरुद्ध ३ गोलले जित हासिल गरेको उक्त फुटसल प्रतियोगितामा प्रमुख सुवालले विजेता, उपविजेता, उत्कृष्ट गोलकिपर वडा नं ८ का सुसन दुवाल तथा उत्कृष्ट खेलाडी वडा नं ७ का यडुवन नापितलाई क्रमशः नगद रु. २५ हजार, नगद रु. १२ हजार ५००, रु. २ हजार ५०० नगदको चेक, ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा सम्मानित गर्नुभएको थियो ।
वडा नं ८ का मनिष बासी फाइनल खेलमा थप २ गोल गरी प्रतियोगिताभर ११ गोल गरेर सर्वाधिक गोलकर्ता भई अन्तिम खेलको म्यान अफ द म्याच हुन सफल हुनुभएको थियो ।
प्रतियोगिताभर व्यक्तिगत ४ गोल गर्ने खेलाडीहरू क्रमशः वडा नं ५ का दिजन ख्वालापाला, वडा नं ७ का वियोन कर्माचार्य तथा वडा नं ३ का सविन किलम्बु, प्रतियोगिताभर ५ गोल गर्ने खेलाडीहरू क्रमशः वडा नं ७ का दिपेश खाइजू, वडा नं ८ का सन्जिवन गोसाई, वडा नं २ का साजन सुवाल तथा वडा नं १० का रोहन प्रजापति, प्रतियोगिताभर व्यक्तिगत ६ गोल गर्ने खेलाडीहरू क्रमशः वडा नं ८ का विवेक बोहजू, वडा नं ५ का विवेक कवां तथा वडा नं ८ का सन्जीव गोसाई तथा प्रतियोगिताभर व्यक्तिगत ९ गोल गर्ने खेलाडी वडा नं ९ का आजाद प्रजापति रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *