जनताको समस्या समाधान गर्न नेमकिपा लागिरहने
- चैत्र २१, २०८२
भक्तपुर, १७ जेठ । विनाता सांस्कृतिक कला प्रवद्र्धन केन्द्रद्वारा भक्तपुरको भीमसेनस्थानस्थित सिद्धि स्मृति प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबिच वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा कृष्णप्रसाद दुमरुद्वारा लिखित ‘सङ्गीत अन्तरङ्ग’ र ‘सम्झौतामा उभिएको मान्छे’ नामक दुई कृतिको संयुक्त रूपमा लोकार्पण गरिएको छ ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकार्पित कृतिहरूको सफलताको कामना गर्दै कला र साहित्यले समाजको यथार्थलाई ऐना देखाउने काम गर्ने बताउनुभयो । उहाँले लेखक दुमरुको लेखन यात्राको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कार्यहरू निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
जनकवि चन्द्रबहादुर उलकले नेपालभाषा साहित्यिक गतिविधिमा सहभागी हुने क्रममा २०३५/०३६ सालदेखि लेखकसँग परिचय भएको स्मरण गर्दै त्यसबेला कवितामा वर्गीय चेतना, श्रमजीवी तथा पीडितवर्गको पक्षधरता र नयाँ बिम्बहरूको प्रयोगमार्फत सशक्त अभिव्यक्ति दिनुपर्ने विषयमा छलफल हुने गरेको बताउनुभयो ।
प्राज्ञ ललिजन रावलले कविता सरस, बिम्बात्मक र जीवन्त हुनुपर्ने धारणा व्यक्त गर्दै दुमरूले साहित्य र सङ्गीतलाई एउटै सङ्गममा जोड्ने प्रयास गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
कवि उदय निरौलाले आफूले २०५१/०५२ सालदेखि दुमरूका कविताहरू नियाल्दै आएको बताउँदै २०७९ सालअघि नै कवितासङ्ग्रह प्रकाशन गर्न सुझाव दिएको स्मरण गर्नुभयो ।
सितारवादक सीतामाया राजचलले ‘सङ्गीत अन्तरङ्ग’ मा वरिष्ठ गायिका सानुमाया ताम्राकार धौभडेल र आफ्नो जीवनी समावेश गरिएकोमा खुसी व्यक्त गर्दै यसलाई महिलाप्रतिको सम्मानको रूपमा व्याख्या गर्नुभयो ।
स्रष्टा कृष्णप्रसाद दुमरुले ‘सम्झौतामा उभिएको मान्छे’ विक्रम संवत् २०६७ सालदेखि २०७९ वैशाखसम्मको कवितामध्येबाट छानिएको ५३ वटा कविताको सङ्ग्रह हो भन्दै सङ्गीत क्षेत्रको समृद्धिका लागि २०४९/५० सालदेखि समर्पित विनाता प्रत्यक्ष आबद्धताको उपज ‘सङ्गीत अन्तरङ्ग’ एक नयाँ कृति बनेको छ भन्नुभयो । विनाता सांस्कृतिक कला प्रवद्र्धन केन्द्रका सनिता त्वानाबासुले पनि मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृष्णप्रसाद दुमरूको शब्द, बद्रीनारायण ताम्राकारको सङ्गीत तथा केन्द्रका सदस्य एवं गायक सुरज कपाली र सरिला सिन्ताकलको स्वरमा स्वागत गान प्रस्तुत गरिएको थियो । विनाता सांस्कृतिक विभागद्वारा प्रस्तुत उक्त कार्यक्रममा लोकार्पित कृतिहरूको प्रकाशनमा आर्थिक सहयोग पु¥याउने व्यक्तिहरूलाई प्रमुख अतिथिबाट धन्यवाद–पत्र प्रदान गरिएको थियो ।
विनाता सांस्कृतिक कला प्रवद्र्धन केन्द्रका अध्यक्ष बद्रीनारायण ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारीहरू, संस्थापकहरू, बुद्धिजीवी, साहित्यकार, कलाप्रेमीहरूको उपस्थिति थियो । कार्यक्रममा संस्थाको ‘गायन, नृत्य र वाद्यवादन राष्ट्रको पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै कला, साहित्य र सङ्गीत क्षेत्रको प्रवद्र्धनमा सबै लाग्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रम सरिला सिन्ताकलले सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply