भर्खरै :

विद्यार्थीले आफ्नो क्षमता, सिर्जनशीलता, नेतृत्व पहिचान गरेर उच्च शिक्षा अध्ययन गर्नुपर्ने

विद्यार्थीले आफ्नो क्षमता, सिर्जनशीलता, नेतृत्व पहिचान गरेर उच्च शिक्षा अध्ययन गर्नुपर्ने

ललितपुर, १७ जेठ । प्रगति सामुदायिक सिकाइ केन्द्रको नवौँ साधारणसभा तथा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ९ वडा समितिको आयोजनामा सोही वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन कार्यक्रम शनिबार ललितपुरस्थित बज्रबाराहीमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले विद्यार्थीले आफ्नो क्षमता, सिर्जनशीलता, नेतृत्व पहिचान गरेर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बताउँदै विगतभन्दा आगतको बारेमा विचार गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्ता प्रविधिमा स्मार्ट भएको सकारात्मक भए पनि त्यसले हामीलाई बौद्धिक अपाङ्गता बनाउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । पुस्तक अध्ययनले मात्र पूर्ण तथा गहिरो ज्ञान दिनसक्ने बताउँदै उहाँले अभिभावकका कुरा मनमा लिनुपर्ने बताउनुभयो ।
नेमकिपा ९ वडा समितिका अध्यक्ष कृष्णभक्त लवजूले विद्यार्थीहरू राजनैतिक रूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
प्रगति सीएलसीका अध्यक्ष रवीन्द्र कुसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्राविसङ्घका अध्यक्ष राज प्रजापति, सीएलसीका सम्राट प्रजापति र विद्यार्थी जेनुसा कोजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *