नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ३१ भदौ । किपाःग्राफी भक्तपुरको दोस्रो वार्षिकोत्सव तथा फोटोग्राफी गौरव सम्मान समारोह शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोटोग्राफीले गर्दा सांस्कृतिक सम्पदाहरु पहिलेकै ढा“चामा पुनःनिर्माण गर्न मदत पुगेको भन्दै भक्तपुरलाई नेपाल तथा विश्वसामु चिनाउन फोटोग्राफी सफल भएको बताउनुभयो । कार्यक्रममा प्रमुख सुनिल प्रजापतिले वरिष्ठ फोटोग्राफर तथा क्यामेरापर्सन मदनबाबु बज्राचार्यलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने १० दिने विशेष फोटोग्राफी तालिम लिएका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
किपाःग्राफीका अध्यक्ष अच्यूत प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, जगदीश तिवारी, उपाध्यक्ष पद्मसुन्दर शाक्य, निवर्तमान अध्यक्ष सुरेशराज शाक्य, सल्लाहकार बलराम प्रजापति, किरण सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply