यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अछाम, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवस स्थानीय भैरव स्थानमा प्रशिक्षण कार्यक्रम गरी मनाइएको छ । विद्यार्थीहरूबिच भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले वर्तमान पुँजीवादी व्यवस्थामा गरिब जनताको जीवन मूल्यहीन बन्ने र धनी झन्झन् धनी हुने हुँदा गरिब जनता सचेत र सङ्गठित हुनुपर्नेमा नेमकिपा लागिरहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थाको विरुद्ध कामदार जनता नलागेसम्म देशमा समाजवादी व्यवस्था नआउने उल्लेख गर्दै उहाँले देशको युवा विद्यार्थीलाई वैदेशिक रोजगारको नाममा विदेश पठाएर विप्रेशनको भरमा देश चलाउने शासक दलहरूको सोच गलत छ† यस्तो सरकारी नीतिको विरोध गर्नुपर्छ र देशको युवा जनशक्तिलाई देशमै रोजगार दिनुपर्छ भन्नुभयो ।
देशका शासक दलहरू सत्ताकेन्द्रित राजनीति गरिरहेकोमा आलोचना गर्दै उहाँले असल राजनीतिज्ञले देशको हितलाई केन्द्रमा राखेर कार्य गर्छन्, नेमकिपालाई पुँजीवादी सत्ता मोह नभएको बरु दुर्गम जिल्लाका पिछडिएको वर्गलाई राजनीतिक रूपमा सचेत पार्ने अभियानमा लागेको प्रस्ट पार्नुभयो ।
शिक्षाविना अगाडि बढ्न गा¥हो हुने हुँदा शिक्षालाई प्राथमिकता दिएर पार्टी अगाडि बढिरहेको चर्चा गर्दै उहाँले शिक्षाको निम्ति परिश्रम गर्न गा¥हो मान्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले नेमकिपाले देशघाती सन्धिसम्झौताविरुद्ध सदन र सडकमा निरन्तर सङ्घर्ष गरिरहेको उदाहरण दिँदै शिक्षा नाफामुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले नेमकिपा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने र सम्पूर्ण उच्च शिक्षा निःशुल्क हुनुपर्ने पक्षमा रहेको उल्लेख गर्दै नेक्राविसङ्घ निःशुल्क र वैज्ञानिक शिक्षाको लागि सङ्घर्षरत रहेको बताउनुभयो । शिक्षामा नवउदारवादका कारण विदेशी विश्वविद्यालयको सम्बन्धनमा यहाँ अनेक कलेजहरू खुल्दा शिक्षामा अनेक विकृतिहरू देखिन थालेको उदाहरण दिँदै उहाँले त्रिभुवन विश्वविद्यालयको बेथितिले पनि विद्यार्थीको भविष्य अन्योल पारेको चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले युवा विद्यार्थीलक्षित गरिरहेका विभिन्न कार्यक्रमहरूको जानकारी दिनुभएको थियो ।
Leave a Reply