भर्खरै :

‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया कार्यक्रम

काठमाडौँ, १४ माघ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा पार्टीको ४९ औँ पार्टी स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं श्रमिक साप्ताहिकका कार्यकारी सम्पादक अनुराधा थापामगरले ‘श्रमिक’ पत्रिकाले क्रान्तिकारी पत्रकारिताको भूमिका निभाइरहेको बताउनुभयो ।
गरिब नेपाली जनतालाई राजनीतिक, सामाजिकरूपले सचेत पार्ने काम गरिरहेको चर्चा गर्दै उहाँले पुँजीवादी अन्याय, शोषणलाई ध्वस्त पार्ने काम ‘श्रमिक’ पत्रिकाले गरिरहेको छ भन्नुभयो ।
नेपालका राजनीतिक दलहरू सत्तालोलुप भएकोले देश र जनताको सेवामा नलागेको, राजनीतिक विचलन, सैद्धान्तिक अज्ञानले देशलाई नै भड्खालोमा हाल्ने दुस्प्रयासको विरुद्धमा नेमकिपा स्थापना भएको बताउँदै उहाँले नेमकिपा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार अगाडि बढिरहेको छ भन्नुभयो ।
उहाँले निर्वाचनबाट समाजवाद नआउने भएकोले वर्गसङ्घर्ष आवश्यक भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले ‘श्रमिक’ पत्रिका नेमकिपाको मुखपत्र भएकोले जनताको मुक्तिको ज्ञान दिएको बताउनुभयो ।
काठमाडौँ महानगरका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा डा. अजिरमानसिं डंगोल, लोकेश्वर डंगोल, सबिता महर्जन, राजु कपाली, सानुकाजी महर्जनले पनि पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *