भर्खरै :

नेपाल मजदुर किसान पार्टीले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने

नेपाल मजदुर किसान पार्टीले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने

काठमाडौँ, १५ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा मन्डनदेउपुरस्थित बालुवापाटीमा शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा मन्डनदेउपुर नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य गोसाईले मनले चिताएर र पूजाआजा गरेरमात्रै देशको भलो नहुने र त्यसको लागि नेमकिपा जस्तै सिद्धान्तनिष्ठ सङ्गठन चाहिने बताउनुभयो ।
बाग्मती प्रदेशमा पनि सङ्घीय संसद्मा जस्तै सरकारको विभिन्न पदको भागबन्डाको निम्ति सबै दल एकातिर र नेपाल मजदुर किसान पार्टीका तीनजना सांसद अर्कोतिर भएको र नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निभाइरहेको उहाँले बताउनुभयो ।
साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतको प्रत्यक्ष छायाँमा बनेको सिद्धान्तहीन पार्टीहरूले देशलाई झन् डरलाग्दो स्थितिमा लगिरहेको छ, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो ठाउँ शिक्षित र सभ्य बनाउन पार्टीको वर्गीय सङ्गठनमा आबद्ध भई सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्राध्यापक समाजका सदस्य डा. राजुभाइ त्यातले नेमकिपाको स्थापनाका आधारको विषयमा प्रशिक्षण दिनुभयो ।
उहाँले अनिवार्य सैन्य तालिम दिनुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घ केन्द्रीय समितिका उपाध्यक्ष सुरेश परियारले सोभियत समाजवादी शिक्षाबारे प्रकाश पार्नुभयो ।
नेमकिपा मन्डनदेउपुर नगर समितिका अध्यक्ष कृष्णबहादुर तामाङले आफ्नो साङ्गठनिक अनुभवबारे बताउनुभयो ।
कार्यक्रममा मुना तामाङ र सूर्यबहादुुर तामाङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *