भर्खरै :

कैलालीको हरैयापुरमा पार्टी स्थापना दिवस

कैलालीको हरैयापुरमा पार्टी स्थापना दिवस

कैलाली, १५ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसर पारी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा हरैयापुरमा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सदस्य नवराज कोइरालाले नेमकिपा स्थापना हुनुको आधार र उद्देश्यबारे जानकारी दिँदै बहुमत काम गरी खाने मजदुर र किसानलाई सचेत र सङ्गठित पार्दै मजदुर र किसानको हित अनुकूल राज्य व्यवस्थाको निर्माण गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले देशका नागरिकलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नु राज्यको दायित्व हो तर शासक दलले यी काम नगरेको हुनाले ती पार्टीहरू पुँजीवादी पार्टी भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा भक्तिप्रसाद जैशी, गगनबहादुर थापा, विवेक कोजु र अनिस हय्गोंले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *