भर्खरै :

चीनद्वारा अमेरिकी अधिकारीहरूलाई एक चीन नीति पालना गर्न आग्रह

चीनद्वारा अमेरिकी अधिकारीहरूलाई एक चीन नीति पालना गर्न आग्रह

पेइचिङ, १६ माघ, (सिन्हवा) । चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन–अमेरिका बिचको सम्बन्धलाई खलबल पु¥याउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
सार्वजनिक सञ्चार माध्यममा जनाइएअनुसार अमेरिकी रिपब्लिकन काङ्ग्रेसका केभिन म्याकार्थीले यसै वसन्तमा ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले त्यस भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो ।
मन्त्रालयका प्रवक्ता माओले चीनले चीनसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा कुनै प्रकारको दुई देशीय गतिविधिको विरोध गर्दछ ।
प्रवक्ता माओले अमेरिकी सांसदहरूले एक चीन नीति र तीन चीन–अमेरिका सम्झौताको पालना गर्ने आशा व्यक्त गर्नुभयो । दुई देश बिचको संयुक्त विज्ञप्ति र चीन–अमेरिकालाई असर गर्ने कुनै पनि काम नगर्न र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर बनाउने कुनै पनि प्रकारका गतिविधि नगर्न उहाँले आग्रह गर्नुभएको छ ।
साथै पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा चालू वर्षको वसन्त चाडमा घुम्न विदेश गएका चिनियाँ पर्यटकहरूको सङ्ख्यामा स्पष्ट रूपमा वृद्धि भएको छ । धेरै मुलुकहरूले चिनियाँ पर्यटकको स्वागत गरेका छन् ।
प्रवक्ता माउकाअनुसार, तथ्याङ्कअनुसार, चालू वर्षको वसन्त चाड अवधिमा विदेश गएका चिनियाँहरूको सङ्ख्या मानिसको हिसाबबाट हेर्दा २८ लाख ७० हजारभन्दा बढी पुगेको छ । विभिन्न मुलुकले चिनियाँ पर्यटकको स्वागत गरेको छ । थाइल्यान्डका उपप्रधानमन्त्रीले चिनियाँ पर्यटकको स्वागत गर्न विमानस्थल जानुभयो । फिलिपिन्सका पर्यटन मन्त्रीले चीनले फिलिपिन्सलाई विदेशी पर्यटन टोलीको गणतान्त्रिक मुलुकहरूमध्येको एकको रुपमा राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
माउले चालू वर्षको वसन्त चाडमा विश्वले जीवन्त शक्ति र खुशीयाली रहेको चीन देखेको कुरा बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *