अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पेशावर, ३१ जनवरी (एएफपी) । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन् ।
प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणहरू लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, “म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ । मैले बाँच्नको लागि सबै आशा गुमाएको थिए ।”
पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको सङ्ख्या ९० पुगेको एएफपीलाई बताउनुभएको छ । एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।
सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई भने कि मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये ३०० देखि ४०० जना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका बताउनुभएको छ ।
“मङ्गलबार बिहान हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदैछौँ ताकि हामी थप शवहरू निकाल्न सकौँ । तर, हामी कोही पनि बाँचेकाहरू फेला पर्ने आशामा छैनौँ,” प्रहरी प्रवक्ता बिलाल अहमद फैजीले एएफपीलाई बताउनुभएको छ ।
प्रार्थना सुरु गरेको केही सेकेन्डपछि विस्फोट भएको र “मैले कालो धुवाँ आकाशमा उठेको देखेँ, म आफ्नो ज्यान बचाउन बाहिर भागेँ,” ४७ वर्षीया प्रहरी अधिकारी शाहिद अलीले एएफपीलाई बताउनुभएको छ ।
Leave a Reply