भनपा–८ मा डिजिटल मार्केटिङसम्बन्धी तालिम सुरु
- आश्विन ६, २०८३
भक्तपुर, १९ माघ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७९÷०८० को अर्ध–वार्षिक प्रगति समीक्षा कार्यक्रम संस्थाको समिति, उपसमिति र कर्मचारीहरूको सहभागितामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति रुद्रनारायण लाखाले प्राप्त सुझावले संस्थागत प्रगतिमा सहायक भूमिका निभाउने र सुझावउपर सञ्चालक समितिमा छलफल हुने जानकारी दिँदै लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले कुनै पनि संस्थामा संलग्न भइसकेपछि संस्थाका गतिविधिहरूमा सक्रियरूपमा सहभागी भई सदस्य र समाजको हितका लागि कर्तव्यनिष्ठ र इमानदारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष राजन लाखाजुले संस्थाको वार्षिक कार्ययोजनाअनुसार लक्ष्य प्राप्तिका लागि पछिल्लो ६ महिनाको गतिविधिको समीक्षा गर्दै आवश्यक नीति तथा क्रियाकलापको भावी योजना बनाउन अर्ध–वार्षिक प्रगति समीक्षा कार्यक्रम गर्ने परिपाटीअनुसार कार्यक्रमको आयोजना भएको जानकारी दिनुुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद लाखाजुले संस्थाले सुशासन तथा सुरक्षालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेकोले वर्तमान तरलता सङ्कटको समयमा पनि सदस्यहरूले संस्थाप्रति विश्वास देखाएको छ भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले सहकारी संस्था आफ्नो आवश्यकता आफैँ पूर्ति गर्ने अभ्यासको थलो भएको र अर्ध–वार्षिक समीक्षामार्फत प्राप्त सुझावले संस्थालाई मार्गनिर्देश गर्छ गर्नुभयो ।
संस्थाका सचिव विष्णुप्रसाद दुमरुले चालु आ.व.को ६ महिनामा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिसहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष जयराम गोर्खालीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईंले चार वर्षे व्यावसायिक योजनासम्बन्धी प्रस्तुती दिनुभएको थियो ।
२०५१ साल पुस २९ गते स्थानीय ३१ जना युवाहरूको ३१०० बाट सुरु भएको संस्थाले २०७९ पुस मसान्तसम्मा १६१२३ सदस्य तथा ३१५९ बालबचतकर्ताहरूबाट शेयर पुँजी २६ करोड ६० लाख ९८ हजार, निक्षेप तथा बचत २ अर्ब ६ करोड ४५ लाख ९२ हजार, ऋण १ अर्ब ८९ करोड ९५ लाख ३४ हजार, जगेडा कोष १९ करोड ४३ लाख ३० हजार र कूल सम्पत्ति २ अर्ब ६८ करोड ३७ लाख ५४ हजारभन्दा बढी भएको छ ।
Leave a Reply