संरा अमेरिका विश्व असुरक्षाको प्रमुख कारण
- आश्विन ६, २०८३
सीआरआई । जापानका प्रधानमन्त्री फुमियो किशिदाले हालै जापानको भ्रमणमा रहनुभएका नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँग भेटवार्ता गर्नुभयो । सम्पन्न संयुक्त वक्तव्यमा दुवै पक्षले तथाकथित चीन ‘सैन्य धम्की’ भन्ने भनाइलाई जोडतोडका साथ उल्लेख गरेका छन् । किशिदाले यसरी भन्नुभयो, ‘नेटोको निर्णायक निकाय उत्तर एटलान्टिक परिषद सम्मेलनमा जापानले नियमितरूपमा भाग लिने विषयको विचार गर्नेछ । जापानले एसिया–प्रशान्त क्षेत्रमा नेटोको रक्षा सहकार्यमा सहभागी हुने स्पष्ट पारिनेछ । यसले गर्दा, बाह्य विश्वको अनुमानलाई पुष्टि गरिएको छ कि आफ्नो स्वार्थ पूरा गर्नको लागि, जापानका केही शक्तिहरूले बाह्य शक्तिहरूसँगको आफ्नो साठगाँठ बढाउँदै छन् र एसिया–प्रशान्त क्षेत्रमा द्वन्द्व र मुठभेडको जोखिम निम्त्याइरहेका छन् ।
अमेरिकाको प्रयासमा, नेटोले ‘नेटो एसिया–प्रशान्त संस्करणको’ सिर्जना गर्ने प्रयास गरिरहेको छ । यसको खोजीमा जापानलाई आफ्नो प्रमुख साझेदारको रूपमा लिइरहेको छ ।
चालू वर्षको जनवरीमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले पाँच वटा पश्चिमी देशको भ्रमण गर्दा चीनविरूद्ध अफवाह फैलाउनुभयो ।
सुरक्षा नीतिको सन्दर्भमा, विगत एक वर्षमा जापानले नकारात्मक कार्यहरू गर्दै आएको छ । दोस्रो विश्वयुद्धपछि जापानले अपनाएको ‘विशेष प्रतिरक्षा’ को सिद्धान्तलाई अस्वीकार गरेर शान्ति संविधानबाट पूर्णतया विपरीत गइसकेको छ । यसो गरेपछि पूर्वी एसियामा तनावपूर्ण परिस्थितिलाई चर्को पारिनेमा शङ्का छैन भन्ने कुरा बढाउने केही विश्लेषकहरूले औँल्याए ।
नयाँ सुरक्षा नीतिको दस्तावेजअनुसार, जापानले सन् २०२३–२०२७ सम्ममा जापानको कूल रक्षा खर्चलाई उल्लेखनीयरूपमा करिब ४३ ट्रिलियन येनसम्म पु¥याउनेछ । आर्थिक वर्ष २०२७ सम्ममा रक्षा खर्च कुल गार्हस्थ उत्पादित परिमाणको २ प्रतिशतसम्म बढाउने लक्ष्य पनि राखिएको छ । एकातिर लामो समयसम्म अर्थतन्त्र सुस्त रहिरहेको छ भने अर्कोतिर जापानी सरकारले सैन्य शक्तिलाई विस्तार गरिरहेको छ । जापानी सरकारको यस्ता गतिविधिको आलोचना स्वयं आन्तरिक जनमतले गरेको छ भने छिमेकी देशहरूले पनि अझ बढी सतर्कता अपनाएका छन् । उता, एसिया–प्रशान्त क्षेत्रमा अस्तव्यस्त अवस्था निम्त्याउनको लागि अमेरिका र नेटोले जापानको रक्षा खर्च दोब्बर हुने कुराको ‘स्वागत’ गरेका छन् ।
दोस्रो विश्वयुद्धपछि समाप्त नभएको जापानी अति दक्षिणपन्थी शक्तिहरूले सैन्यवादको पुरानो सपनालाई पुनर्जीवित पार्ने सपना गरिरहे तापनि यो २१ औँ शताब्दी जापानले आफ्ना छिमेकीमाथि बलपूर्वक आक्रमण गर्ने युग भने होइन । यदि जापानी राजनीतिज्ञहरूले ब्वाँसाहरूलाई घरभित्र पसाएर एसिया–प्रशान्त क्षेत्रमा समस्या उठाएमा जापानको अगाडि भिर र रसातल हुने निश्चित छ ।
Leave a Reply