मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
बोलिभियाका राष्ट्रपति इभो मोरालेसले भेनेजुयलाको विषयमा संरा अमेरिका पराजीत भएको बताएका छन् ।
भेनेजुयलाको राजधानी काराकसमा आयोजित ‘हामी सबै भेनेजुयला’ शीर्षकको सम्मेलनमा बोल्दै मोरालेसले भेनेजुयलामाथि युद्धको धम्की दिने संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल संवाद गर्नु पर्ने भन्नु उसको राजनीतिक पराजेय भएको बताएका हुन् ।
उनले भने,‘ट्रम्पले आत्मसमर्पण गरेका छन् । उनी भेनेजुयलासँग राजनीतिक संवादको पक्षमा उभिएका छन् अर्थात् हामीले लडाई जितेका छौं । संसारमा साम्राज्यवाद र पूँजीवाद रहेसम्म संघर्ष जारी रहनेछ ।’
काराकस ऐक्यबद्धता सम्मलेनको क्रममा इभो मोरालेसले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग पनि वार्तालाप गरेका थिए ।
भेनेजुयलाको राजनीतिक संकट समाधान गर्न माडुरो सरकार र विपक्षी दलबीच संवादको लागि बोलिभियाले पनि प्रयास गर्दै आएको छ ।
मोरालेसले भने,‘संरा अमेरिकी सरकारले भेनेजुयलामाथि सैनिक हस्तक्षेपको धम्की दियो, आर्थिक नाकाबन्दी लगाएर भेनेजुयलामाथि हमला ग¥यो तर संरा अमेरिकासँग मिलेका देशका ल्याटिन अमेरिकी देशका सरकारहरुले समेत भेनेजुयलामा सैनिक हमलाको विरोध गरेका थिए । ल्याटिन अमेरिकामा संरा अमेरिकाको सैनिक हस्तक्षेपको विरोधमा ल्याटिन अमेरिकी जनताले विरोध गरे किनभने ल्याटिन अमेरिकी जनता साम्राज्यवादविरोधी छन् ।’
मोरालेसले भने,‘अन्ततः जनताको विजय हुनेछ ।’
Leave a Reply