भर्खरै :

नेमकिपाद्वारा तीन विधेयकमा विरोधको सूचना

काठमाडौं, २ असोज । नेपाल मजदुर किसान पार्टीका सांसदहरू प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले संसदमा पेश भएको तीनवटा विधेयकमा भदौ ३१ गते संयुक्त विरोधको सूचना राख्नुभयो ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन विधेयक २०७४ र राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक २०७४ माथिको विरोधको सूचनामा सांसदहरूले प्रस्तावनामा गणतन्त्रलाई कामदार वर्ग उन्मुख बनाउनुपर्ने, स्थिर सरकार र देशको छिटो विकासको लागि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपति, राष्ट्रपति अनुकूल सानो मन्त्रिमण्डल गठन र संसद सदस्य मन्त्री बन्न नपाउने, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएका, स·ठित अपराध, कर्तव्य ज्यान, जातीय छुवाछूत, बोक्सा–बोक्सी, बहुविवाहलगायतमा सजाय पाएका उम्मेदवार बन्न नपाउने, प्रजातन्त्र र गणतन्त्रलाई कामदार वर्गसम्म पु¥याउन र राष्ट्रपति तथा उपराष्ट्रपतिको प्रस्तावक र समर्थक एक एक भए पुग्ने, अधिकतम रू. २५ हजारको दुई पृष्ठको अपिल छापेरमात्र प्रचार गर्न पाउने, राष्ट्रपति पदको लागि रू. ३०००। र उपराष्ट्रपति पदको लागि रू. २,०००। धरौती राख्नुपर्ने प्रावधान उल्लेख गर्नुभयो ।
विधेयकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको लागि मनोनयन पत्रमा पच्चीस जना प्रस्तावक र पच्चीस जना समर्थक हुनुपर्ने र राष्ट्रपतिको लागि रू. १ लाख र उपराष्ट्रपतिको लागि रू. ७५ हजार धरौती राख्नुपर्ने प्रावधान राखिएकोमा उहा“हरूको विरोध होे ।  राष्ट्रिय सभा सदस्यको लागि दस हजार धरौती राख्नुपर्ने प्रावधानको पनि उहा“हरूले विरोध गर्नुभयो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०६४ माथि विरोधको सूचनामा सांसदहरूले विपद्को देशी र विदेशी कारणसमेत पहिल्याउनुपर्ने, गैरप्राकृतिक विपद्मा कृत्रिम अभाव, नाकाबन्दी, निर्वाचन आचारसंहिता उल्लङ्घन, डुबान, महगी, भ्रष्टाचारसहित थप्नुपर्ने, जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् सङ्घीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सदस्य हुने, परिषद्को बैठक ३–३ महिनामा बस्ने, परिषद् कार्यकारी समितिको काम, कर्तव्य र अधिकारमा अन्तर्राष्ट्रिय मापदण्डविपरीत भारतले नेपाली भूमि डुबानमा पर्ने गरी बनाएका बा“धहरू भत्काउने, नेपाल–भारत खुला सीमा नियमित गर्ने प्रावधानसहित विधेयक ल्याउनुपर्ने उल्लेख छ ।  विरोधको सूचना असोज ३ गते संसदमा प्रस्तुत हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *