“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
नेक्राकिसङ्घ भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न
भक्तपुर, २१ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घको आठौँ भक्तपुर जिल्ला सम्मेलन शनिबार सम्पन्न भयो ।
उक्त सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संसारका स्वाधीन र सार्वभौम मुलुकलाई तर्साउने साम्राज्यवादी देश संरा अमेरिकाको संसारमा बदनामसँगै पतन भइरहेको बताउनुभयो ।
साम्राज्यवादी देशहरूको विरोधमा संसारका स्वाधीन र देशभक्त शासक र जनताले विरोध गरिरहेको उल्लेख गर्दै साम्राज्यवाद ढिलो चाँडो अन्त हुने र संसारभर समाजवादको लहर फैलिने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका प्रमुख सुनिल प्रजापतिले किसान आन्दोलनबारे चर्चा गर्दै भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा र सरसफाइको क्षेत्रमा गरिरहेको गतिविधिबारे जानकारी दिनुभयो ।
नेमकिपाका बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभामा नेमकिपाको भूमिकाबारे चर्चा गर्नुभयो ।
प्राध्यापक समाजका प्रकाशकुमार श्रेष्ठले चिली र निकारागुवाको समाजवादी आन्दोलनबारे प्रशिक्षण दिनुभयो भने रमेश वैद्यले चीन र अमेरिकी व्यापार युद्धबारे जानकारी दिनुभयो ।
इन्जिनियरिङ समाजका रवीन्द्र फोजूले नेमकिपा स्थापनाका आधार र नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको भूमिकाबारे चर्चा गर्नुभयो भने अमर दली श्रेष्ठले समाजवाद र सान्दर्भिकताको विषयवस्तुबारे प्रशिक्षण दिनुभयो ।
केपी छुस्याकीले मानव समाजको विकासबारे जानकारी दिनुभयो ।
अध्यक्षमण्डलका अध्यक्ष न्हुछेभक्त फोजूको अध्यक्षतामा बसेको सो बन्दसत्रमा नेक्राकिसङ्घ सूर्यविनायकका प्रतिनिधि राजेन्द्र बखुन्छे, चाँगुका प्रतिनिधि नारायणभक्त न्हेमाफुकी, भक्तपुर नगरका प्रतिनिधि गङ्गाराम ज्याख्व र मध्यपुरका प्रतिनिधि अशोक अवालले किसान सङ्घको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बन्द सत्रले गोविन्द दुवालको अध्यक्षतामा २१ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समिति गठन गरेको थियो ।
Leave a Reply