संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय
- कार्तिक २०, २०८३
भाषा, विचार र संस्कृतिबिनाको मानिससँग व्यवहार गर्नु कति गा¥हो होला भन्ने कल्पना गर्दा पनि उकुसमुकुस हुन्छ । त्यस्तै, कुनै सिद्धान्त तथा उद्देश्य बोकेको समाज एक निश्चित आदर्श समाज स्थापना गर्ने कार्यक्रम भएको राजनैतिक दल नेता कार्यकर्तासँग कुराकानी र व्यवहार गर्नु अत्यन्त सरल हुन्छ । तर, त्यस्तो कुनै कार्यक्रम, विचार र सिद्धान्त नबोकेको राजनैतिक दल वा शासन व्यवस्था निश्चय पनि कहालीलाग्दो र अशक्त हुने कल्पना गर्न सकिन्छ ।
नेपाली समाजको एउटा उखान छ – पछाडि हेरेर अडेस लिनु । यसको अर्थ हो– आफ्नो स्थिति पहिले हेर्न नबिर्सनु । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को शनिबार बसेको केन्द्रीय समितिको बैठकमा २५ पृष्ठको प्रतिवेदनमा वर्तमान प्रचण्डको सरकार र गठबन्धनलाई ‘खिचडी सत्ता गठबन्धनबाट सङ्घीयता र गणतन्त्र खतरामा’ बताउँदै त्यस दलका नायक नेपालले संसद्मा रहेका हरेक राजनैतिक दलहरूबारे आफ्नो ‘दृष्टिकोण’ प्रस्तुत गरे । आफ्नै दल (एकीकृत समाजवादी) को मूल्याङ्कनबारे उनले भने, ‘नेपाली श्रमजीवी वर्गको सच्चा प्रतिनिधि हो’
(नागरिक, २२ माघ २०७९) ।
तर आश्चर्य छ, ‘सङ्घीयता र गणतन्त्र खतरामा’, ‘एकीकृत समाजवादी’ सत्तामा नहुँदैमा कसरी खतरा हुन्छ ? सङ्घीयता नहुँदैमा देशमा खतरा हुने भए संसारमा बहुमत सङ्ख्याका देशहरूले किन खतरा महसुस गर्दैनन् ? त्यस्तै केही राजनैतिक दल र सांसदहरूले ‘राजतन्त्र र हिन्दू राज्य’ को पुनःस्थापनाको पक्षमा बोल्दैमा ‘खतरा’ पर्ने भए त्यो गणतन्त्र के को ? कागजको पुतली वा ‘तासको घर’ हो ? संसारमा अनेक देशले अनेक धर्मलाई आफ्नो देश र राज्यको धर्म मान्छन् । कतिपय देश र राज्यले धर्म निरपेक्षता मान्छन् ।
त्यस्तै, ‘राजतन्त्र’ र राज्यको एउटा धर्म नभएको राज्य नहुने हो भने दैवी सिद्धान्त राजनीतिशास्त्रमा आज पनि छ । बेलायतको पुँजीवादी क्रान्तिपछि आएको गणतन्त्रपछि पुनः राजतन्त्र स्थापना भयो† त्यसले पुँजीवादको सेवा ग¥यो । तर, फ्रान्स र जर्मनीले न राजतन्त्र फिर्ता ल्याए न त कुनै धर्मलाई धर्मको रूपमा ल्याए । तर, ती देशका जनता आ–आफ्ना धर्म मान्छन् ।
सत्य के हो भने अब प्रधानमन्त्री हुन कुनै नेताले ‘दाम चढाउन’ परेन । अरू कतिपय देशमा राज्य पक्षलाई धर्मको आशीर्वाद चाहिन्छ । धर्मकै कारण अनेक देशमा ‘धर्म गुरु’ भए र धर्म स्वयम् एक खतरा सम्झियो । तर, धर्मभीरु पनि छन् र नास्तिक दर्शन मान्नेहरू पनि संसारका बलशाली छन् ।
केही महिना अघि नेपाली काङ्ग्रेसका देउवाको नेतृत्वमा सरकारमा रहेको ‘एकीकृत एस’ एक पुँजीपतिवर्गको चरित्र, दलाल पुँजीपतिवर्गको शासनमा ‘श्रमजीवीवर्गको सच्चा प्रतिनिधि’ त हुन सक्ला ? नाउँको मात्रै ‘श्रमजीवी वर्गको सच्चा प्रतिनिधि’, ‘समाजवादी’ र ‘कम्युनिस्ट’ त अहिले एक फेसन भइसकेको छ – व्यवहारमा त्यो सत्य ठहरिएन । ‘श्रमजीवी वर्गको सच्चा’ प्रतिनिधित्व गर्ने दलका नेताको प्रधानमन्त्रीत्वले के बहुमत किसान र श्रमजीवीहरूको निम्ति क्रान्तिकारी भूमिसुधार, ‘व्यक्तित्व विकासमा समान अवसर’ र ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको’ बन्दोबस्त गरेर श्रमजीवी जनताको ‘साँचो’ सेवा गरे ? उत्तर नकारात्मक छ ।
वर्षाँैसम्म महासचिव भएका आफ्नो ‘एमाले’ बारेको मूल्याङ्कन हो – ‘दक्षिणपन्थी अवसरवादी’ ‘दलाल पुँजीपति वर्गसँग लसपस’, ‘संविधान र लोकतन्त्रप्रति प्रतिबद्धताको कमी’ आदि ।
दक्षिणपन्थी अवसरवादको अर्थ – दलाल पुँजीवादीवर्गको दल र उसैको निम्ति शासन गर्ने पार्टी हो । एमालेका नेताहरूमध्ये मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल र केपी ओली नै प्रधानमन्त्री भए । उत्तर आउनेछन् – संविधान र लोकतन्त्र बचाउन माओवादी केन्द्रको अध्यक्ष प्रचण्डसँग मिलेर विद्रोह गरी नेकाको शरणमा गई बल्ल ‘संविधान र लोकतन्त्र’ बचाइयो । यसको अर्थ हो – नेपाली काङ्ग्रेसबिना नेपालको ‘संविधान र लोकतन्त्र’ ‘खतरा’ मा थियो ।
आफ्नो विद्रोही मित्र अध्यक्ष प्रचण्डको पार्टीबारे उनको मूल्याङ्कन हो, ‘माओवादी केन्द्र ढुलमुल (अर्थात् अस्थिर) चरित्रको कम्युनिस्ट हो । सत्ता स्वार्थको निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर… प्रवृत्ति’ को दल हो । सारमा ‘कम्युनिस्ट चरित्र’ भनेको अस्पष्ट र सत्ताको निम्ति जुनसुकै कपट गर्न सक्ने कुटील व्यक्ति र पार्टी हो । वर्षौँसम्म माधव नेपाल त्यस्तो पार्टीको महासचिव भएर धेरै राजनैतिक दलहरूलाई कुटीलताको सिकार बनाए । तर, कम्युनिस्ट घोषणापत्रमा भनिएको छ – कम्युनिस्टहरू आफ्नो उद्देश्य लुकाउनु आफ्नो गौरवको विपरीत सम्झन्छन् ।
यस कसीमा ‘कम्युनिस्ट’ र ‘समाजवादी’ भन्ने दलहरू श्रमजीवी जनताका मित्र होइनन् भन्ने प्रस्ट भएन र ?
Leave a Reply