भर्खरै :

संसद् र समिति बैठकलाई प्रभावकारी बनाउनुपर्ने

काठमाडौँ, २४ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाका समितिहरूले मन्त्रीहरूलाई दिएको निर्देशनमा सम्बन्धित मन्त्रीलाई दुई हप्ताभित्र कार्यान्वयन गरी समितिलाई जानकारी दिनुपर्ने व्यवस्था निमावलीमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा सांसद सुवालले समितिहरूले संसद्मा ३–३ महिनामा प्रतिवेदन पेश गर्नुपर्ने र संवैधानिक आयोगका प्रतिविदेनहरूमाथि पनि सम्बन्धित समितिमा छलफल गराउने व्यवस्था नियमावलीमा हुनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रपतीय प्रणालीमा समिति प्रभावकारी हुने र संसदीय प्रणालीमा संसद् प्रभावकारी हुने तर नेपालमा संसद् र समितिलाई सरकारको रबरछापजस्तै बनाइएको हुँदा अब उप्रान्त संसद् र समितिप्रति सरकारलाई जवाफदेही बनाउनुपर्ने उल्लेख गर्दै सांसद सुवालले प्रधानमन्त्री र मन्त्रीहरू संसद र समितिहरूको बैठकमा उपस्थिति हुुनुपर्ने बाध्यकारी प्रावधान नियमावलीमा राख्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले प्रधानमन्त्रीहरूलाई समयसीमा निर्धारण नगरी संसद्मा लामो वक्तव्य दिन लगाउने व्यवस्था गर्न नहुने उल्लेख गर्दै राजनीतिक दलहरूको दृष्टिकोण राख्न पाउने गरी सांसदहरूलाई बोल्न दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समितिहरूको कार्य क्षेत्रलाई एक अर्काेमा सार्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले कानुनअनुसार नेमकिपालाई प्रमुख विपक्षी दल तोकिदिने व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *