भर्खरै :

आयोग कि आयो गयो ?

–प्रकृति अधिकारी
बानी । नेपाली बानी । अझ संस्कार भनौं । वा संस्कृति भनौं । नानीदेखिको बानी । कहिल्यै सुध्रिन्नौ । बोल्यो अनि हिँड्यो । कार्यक्रममा पछिसम्म कसैलाई देखियो र किन उहाँ यतिञ्जेलसम्म टिकेको भनी आश्चर्यका साथ सोध्यो भने जवाफ यस्तो आउँछ, “हिँड्नु त अघि नै पर्ने थियो । अर्काे जरूरी मिटि·मा जानु छ । तर यहाँ मेरो बोल्ने पालो प्रतीक्षा गरेर बसेको ।” हो, आÇनो बोल्ने पालो नआउञ्जेल बस्ने र बोलिसकेपछि हिँड्ने प्रचलन, प्रवृत्ति, संस्कार, संस्कृति सबै नेपालमा छ । दुर्भाग्यवश आजका मितिसम्म विदेशी कार्यक्रममा म सहभागी हुने अवसर नपाएकोले विदेशमा पनि यस्तो हुन्छ वा हुन्न मलाई थाहा छैन । तर मेरो मातृभूमिमा यस्तै हुन्छ । बडो उत्साह थियो उच्चस्तरीय शिक्षा आयोगको पहिलो बैठकको निम्तो पाउँदा । मनमा निकै कौतुहल सिर्जना भयो । बडे दिग्गजहरूले के के बोल्नुहुन्छ होला भनेर सिर्जना भएको थियो कौतुहल । पहिलो बैठकमा म पनि बस्न पाए । बडो गर्वको विषय लाग्यो । यो ऐतिहासिक हुनेछ मेरो जीवनको पानाहरूका लागि । जब–जब बोल्ने पालो सुरू भयो, बोल्दै सदस्यहरू बाहिरिन थाले ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले यो अभ्यासको “बोहनी” गर्नुभयो । सार्वजनिक शिक्षा सुधारका लागि स्थानीय तह हेर्ने अधिकारी योगेन्द्र चापागाईं गर्नुभयो । उहाँले ब्रिटिस एम्बेसीको कार्यक्रममा पाँच तारे होटेलमा जानुपर्ने भएको भन्दै कुरोको थालनी गर्नुभयो । मलाई लाग्यो, “स्वदेशी शिक्षा आयोगभन्दा विदेशी कार्यक्रम महŒवपूर्ण हुनेछ ।” उहाँ बोल्नुभयो, अनि हिँड्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी पनि दोस्रो अभ्यार्थी बन्नुभयो । आयोगको बैठकमा पूर्णरूपसम्म टिक्नु पथ्र्याे वा पर्थेन ? मलाई थाहा छैन, तर टिक्नुपर्छ भन्ने मेरो तर्कमात्र हो । झलझल्ती संसदको सम्झना आयो । संसदमा पनि त आखिर सांसदहरू टिक्दैनन् । उपस्थित हुँदैनन् । शिक्षा आयोग कति ठूलो कुरो भयो र ? ६५ सदस्यमध्ये जम्मा ५६ जना उपस्थित थिए । अन्तिमसम्ममा १९ जना थिए । मैले पोस्ट गरेका दुई तस्विर हेरेरपछि प्रष्ट्याइ खोज्न भौतारिरहनु पर्ला र भन्या ? बोलेर हिँड्ने अधिकांशको भनाइ नै सदस्य सङ्ख्या बढाउनुभन्ने नै थियो ।
२०११ साल भदौ २८ गतेको गोरखापत्र हेरेको थिएँ । पहिलो पृष्ठमा त्यसबेलाको शिक्षा आयोगको पूर्ण बैठकको समाचार पढेको थिएँ । त्यो बैठक सकियूञ्जेल के कति सदस्यहरू अन्तिमसम्म टिकेका थिए थाहा छैन, तर त्योबखत पक्कै सबै जना टिकेको हुनुपर्छ भन्ने मेरो सामान्य बुद्धिले सोच्यो । म गलत पनि हुनसक्छु ।
लाग्छ, आयोगमा बस्न नसक्ने हो, समय दिन नसक्ने हो भने बाहिरिनु उचित ठहर्छ । कि आयोगको मुख्य बडीले तयार गरेको प्रतिवेदनमा साक्षी किनाराको रूपमा हस्ताक्षर गर्छु भन्ने सोचेको हुनुपर्याे । बैठक कक्षबाट बाहिरिदा कालजयी गीतको सम्झना खुबै भयो, “मेरो उठ्ने पालो, मेरो उठ्ने पालो, कुर्दा कुर्दै जीन्दगी नै भइगएछ कालो कालो, भइगएछ कालो, मेरो उठ्ने पालो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *