नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
नेपाल जलस्रोतमा धनी देश । यहाँ पानीको प्रशस्त भण्डार छ । तर पनि यहाँ खानेपानीको हाहाकार छ । वर्षामा धमिलो पानी आउँछ, खान हुँदैन । सुख्खा याममा पानी पर्याप्त हुँदैन या खान पाउँदैन । यो धेरै वर्ष अघिदेखिको समस्या हो । यो समस्या अहिले पनि समाधान भएको छैन । भक्तपुर नगरको एउटा समस्या खानेपानी पनि हो । हाल मेलम्चीको पानीले नगरको केही वडामा खानेपानी सुलभ भएको छ भने केही वडामा खानेपानीको हाहाकार नै छ । भक्तपुर नगरपालिकाले डिप बोर्डिङको खानेपानी समस्या हल गर्ने प्रयास गरिरहेको छ । मेलम्चीको पानी नगरको सबै वडामा व्यवस्था भए खानेपानी समस्या हल हुने देखिन्छ । यो समस्या तत्काल निवारण गर्न नसके पनि एकपछि अर्काे खानेपानीको लाइन जोड्नुपर्ने आवश्यकता छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले प्रत्येक महिना खानेपानीको सेवा शुल्क लिइरहेको छ । तर, वर्षको ४ महिना पनि खानेपानी आपूर्ति हुँदैन । दुई दिनको एक दिन खानेपानी सेवा आपूर्ति भइरहेका स्थानमा पनि अहिले हप्ताको एकचोटि हुँदै १२ दिनको एकचोटि आउँछ । त्यो पनि एकघण्टा । एक घण्टा पनि कुन समयमा पानी आउँछ थाहा हुँदैन । फरक–फरक समयमा पानी पठाउने कारण खानेपानी आउने दिन र समय थाहा नपाएर लिन पाउँदैन । खानेपानी नभएर खानेपानी ट्याङ्करबाट पानीको थप शुल्क तिरेर आपूर्ति गर्नुपर्ने समस्या छ । यसरी उपभोक्ताले एकातिर काउखालिलाई हरेक महिना सेवा शुल्क तिर्नुपर्छ भने अर्काेतिर पानी अभाव भएर ट्याङ्करको महँगो पानी किन्नु परेको छ ।
सत्तासीन दलहरूको घोषणापत्रमा घर–घरमा धारा पु¥याउने या प्रत्येक घरमा खानेपानी सेवा पु¥याउने प्रतिबद्धता लेखिएको हुन्छ । तर, त्यो प्रतिबद्धता पूरा हुँदैन । १०÷१५ दिनको एक दिन एक घण्टा पानी पठाएर महिनौपिच्छे सेवा शुल्क उठाउने काम कतिको जायज हो ? पानी खान नपाएर पनि शुल्क नियमित तिर्नुपर्ने बाध्यता खानेपानी उपभोक्तालाई छ । यसरी उपभोक्ताहरू दोहोरो मारमा छन् । काउखालिले या त खानेपानी सेवा शुल्कमा मिनाहा दिनुपर्छ या त धारा जडान भएको घर–घरमा काउखालिले पानी पु¥याउने व्यवस्था गर्नुपर्छ ।
पानीको समस्या भएपछि उपभोक्ताहरू खानेपानी कार्यालयमा पुग्छन्, समस्या पोख्छन् तर समाधान हुँदैन । पानी आपूर्ति गर्न खानेपानी संस्थानका इन्जिनियरहरू बाटो खन्न धेरै पैसा लाग्ने कुरा गर्छन्, बाटो खन्न लाग्ने काम र खनेबापत लाग्ने करको लागि बजेट खानेपानी संस्थानमा नभएको भनी उपभोक्ताहरूलाई फिर्ता पठाउँछन् । नपाको लागि तिनुपर्ने करको कारण देखाएर खानेपानी आपूर्तिमा समस्या भएको देखाउँछन् खानेपानी संस्थाका इन्जिनियरहरू । खानेपानीको शुल्क लिएपछि काउखालिले खानेपानी आपूर्ति गर्नु उसको जिम्मेवारी हो । एकातिर त्यो जिम्मेवारी पूरा गर्नु छ भने अर्काेतिर नपासँग समन्वय गरेर खानेपानी आपूर्ति गर्नुपर्छ । कुनै बहाना बनाएर या जिम्मेवारी पन्छाएर उपभोक्तालाई मर्का पार्ने काम गर्नु उचित होइन । जनतालाई खानेपानी सेवा पु¥याउने काम काउखालिको हो, त्यो पूरा गर्नुपर्छ ।
Leave a Reply