भर्खरै :

राष्ट्रपति सी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबिच भेटवार्ता

राष्ट्रपति सी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबिच भेटवार्ता

पेइचिङ, २७ माघ । (सिन्ह्वा) चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार पेइचिङस्थित दीओयुताई राज्यस्थित अतिथिगृहमा कम्बोडिया अधिराज्यका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गर्नुभएको छ ।
सो अवसरमा राष्ट्रपति सीले तीन वर्षअघि प्रधानमन्त्री हुन सेनले छिनको भ्रमण गर्नुभएको स्मरण गर्दै कोभिड–१९ विरुद्धको लडाइँमा चिनियाँ जनताको साथमा कम्बोडिया उभिएकामा प्रशंसासमेत गर्नुभएको छ ।
“यो वर्ष चीनले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको मार्गदर्शक सिद्धान्तलाई पूर्णरूपमा कार्यान्वयन गर्ने पहिलो वर्ष हो र चीन र कम्बोडियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव पनि हो ।” राष्ट्रपति सीले भन्नुभयो ।
राष्ट्रपति सीले भन्नुभयो, “हाम्रो तीनवर्षपछिको भेटघाटलाई पुनः ताजगीकरण गर्न र वसन्तको सुरुमा साझा भविष्यको साथ चीन–कम्बोडिया समुदाय निर्माण गर्दै नयाँ युगमा प्रवेश गर्ने सन्दर्भमा तपाईँसँग काम गर्न पाउँदा मलाई ठूलो आनन्द लागेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *