तिहार
- कार्तिक १४, २०८३
खनि र ख्रोसरी माटोलाई
हेर मलिलो बनाई,
बीउ छरी मल हाली
फसल फलाई ।
आशाका किरण सबका लागि
धर्तीमा सजाउँदै,
घाम र पानी नभनी
हेर त्यसैमा रमाउँदै ।
खेती र पाती जीवन उसको
नखोस कसैले,
हँसिलो मुहार, पौरखी विचार
बुझून् है सबैले ।
सबल देश बन्दछ हेर
कृषिमा सुधार गरे,
आवश्यक मल, बीउ र पानी
समयमै पाए ।
अरूको भरमा पर्न नि हुन्न
परिश्रमी हामीले,
यही नै फल्छ धर्तीमै सुन
जाँगर गरे ।
Leave a Reply