नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
आफूलाई क्रान्तिकारी र जनवादी भनिने माओवादी केन्द्र र एमालेको हातमा सरकार छ । ‘जनयुद्ध’ गरिसकेका र जनवादी क्रान्ति गर्न चाहेका दलका नेताहरूको हातमा रहेको सरकारले देशमा कुनै मौलिक परिवर्तन गर्ने काम गरेको देखिएको छैन । संविधानतः देश समाजवादउन्मुख छ तर व्यवहारमा देखिएको छैन । समाजवादउन्मुख देश बनाउनेतर्फ सत्तासीन दलका नेताहरूको ध्यान गएको छैन । संविधानमा मावि तहसम्म शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । त्यो पनि व्यवहारमा लागु भएको छैन । संविधानमा व्यवस्था भएअनुसार कार्यान्वयन नगर्नु भनेको संविधानको पालना नगर्नु हो । संविधान पालना नगर्ने सरकार कसरी जिम्मेवार हुन्छ ?
राज्यले देशमा निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने हो । महँगी नियन्त्रण गर्नुपर्ने हो, भ्रष्टाचार अन्त्य गर्नुपर्ने हो । महिला बेचबिखन रोक्नुपर्ने हो । अहिले पनि कति नेपाली चेलीबेटीहरू रोजगारको नाउँमा वेश्यालय पु¥याइरहेको खबर प्रकाशमा आइरहेको छ । अनेक लोभलालच देखाएर मिर्गाैला झिक्ने, बालबालिका अपहरण गर्ने काम पनि रोकिएको छैन । पदको दुरूपयोग गरी कमिसन, अनियमितता गरेर अकुत सम्पत्ति कुम्ल्याउने, कमसल काम गरेर विकासको रकम खाने काममा नियन्त्रण भएको छैन । कार्यालयमा ढिलासुस्ती हुन्छ । घूस खुवाएपछि मात्र काम छिटो हुन्छ । काममा पक्षपात हुन्छ । सामाजिक न्याय हुँदैन । सर्वसाधारणले न्याय पाउँदैनन् ।
रासायनिक मल समयमा पाउँदैन । प्राप्त मल कहिले म्याद नाघेको हुन्छ त कहिले कम तौलको हुन्छ । स्वदेशमै मल कारखाना खोल्नुपर्ने कृषकहरूको दशकौँ अघिको माग पूरा भएको छैन । कृषि औजारहरू सर्वसुलभ हुँदैन । बढी उत्पादन हुने नयाँ नयाँ बीउबिजन उपलब्ध हुँदैन । आवश्यक परेको बेला पानी पर्दैन । कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुन्छ । सिँचाइ सुविधा हुँदैन । अन्न भित्याउने र तरकारी टिप्ने बेला असिना पानी पर्छ । वितरण गरिएको बीउ पनि कहिले म्याद नाघेको परेर फल लाग्दैन । यसरी कृषकहरूको समय, श्रम र लगानी खेर हुन्छ । त्यसकारण, सर्वसाधारण कृषकहरूको जीवन जहिल्यै कष्टकर हुन्छ ।
सडक दुर्घटनामा बर्सेनि हजारौँ बटुवाहरूको मृत्यु भइरहेको छ । ठग्ने, लुट्ने र बेपत्ता पार्ने काम भइरहेको छ । महिला हिंसा र यौन हिंसा अद्यापि छ । देशमा विधिको शासन छैन । शासकहरू देश र जनताप्रति जिम्मेवार भएनन् । शासकहरू भागबन्डामा केन्द्रित भएको कारण प्रदेश सरकार हेरफेर भइरहेको छ । केन्द्रीय सरकार पनि कहिले ढल्ने हो ठेगान छैन । यसरी देशको राजनीति स्थिर हुन सकेको छैन । यस्तो तालले सरकारले कसरी देश बनाउँछ ? कसरी देशको विकास हुन्छ ? सरकार किंकर्तव्यविमूढ भएको कारण देशको समस्या ज्युँका त्युँ भएको हो ।
Leave a Reply