भर्खरै :

चिनियाँ उद्धार टोली टर्कीमा उद्धार कार्यमा सहभागी

चिनियाँ उद्धार टोली टर्कीमा उद्धार कार्यमा सहभागी

अङ्कारा, २८ माघ (सीआरआई) । टर्कीमा विध्वम्शकारी भूकम्प गएपछि चिनियाँ उद्धार टोली र चीनमा रहेका धेरै सामाजिक आपतकालीन टोलीहरू उद्धार कार्यका लागि तुरुन्तै टर्कीतर्फ प्रस्थान गरेका छन् ।
चिनियाँ उद्धार टोली र चिनियाँ कोङयाङ नामक उद्धार टोली दक्षिण टर्कीको हाते क्षेत्रमा अवस्थित छन् । साथै कोङयाङ नामक उद्धार टोलीले हाते प्रान्तको इस्केन्डरुन सहरमा उद्धार कार्य सञ्चालन गर्दै आएको छ । चिनियाँ निलो आकाश नामक उद्धार टोलीले यस पटक कडा प्रकोप परेको मालत्यामा खोजी र उद्धार कार्य गरिरहेको छ ।
यसबाहेक, चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको खोज तथा उद्धार टोली उद्धार कार्य गर्न स्थानीय समयका अनुसार फेब्रुअरी १० तारिख बिहान सबेरै ४ बजे टर्कीको हाते प्रान्त पुग्यो । हालसम्म चिनियाँ उद्धार टोलीले टर्कीको दक्षिणी हाते क्षेत्रमा फसेका तीन जनाको सफलताका साथ उद्धार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *