युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
इरानी राष्ट्रपति हस्सन रोहानीले बुधबार संयुक्त राष्ट्र संघको महासभामा बोल्दै आफ्नो देशले इरानी आणविक कार्यक्रमसम्बन्धमा भएको बहुपक्षीय अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने तर संरा अमेरिकाले गर्न सक्ने सम्भावित उल्लंघनको कडा प्रतिवाद गर्ने बताएका छन् ।
‘ म तपाईहरुसमक्ष घोषणा गर्दछु, इस्लामिक गणतन्त्र इरान सम्झौता उल्लंघन गर्ने पहिलो देश कहिल्यै बन्नेछैन । तर कसैले उल्लंघन गरेको अवस्थामा हामी कडा र दृढतापूर्वक प्रतिक्रिया जनाउनेछौं ।’, महासभामा रोहानीले बोले ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्ला राष्ट्रपति बाराक ओबामाले सही गरेको इरानको आणविक कार्यक्रमसम्बन्धी सम्झौता फिर्ता लिने भनी दिएको धम्कीको प्रतिक्रियामा रोहानीले त्यस्तो अभिव्यक्ति दिएका हुन् । इरानको आणविक कार्यक्रमसम्बन्धमा तेहेरान तथा बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संरा अमेरिकाबीच सन् २०१५ को जुलाईमा सम्झौता भएको थियो ।
‘विश्व राजनीतिमा आएका ‘अशिष्ट’ नवआगन्तुकले यदि त्यो सम्झौता तोडे निकै लाजको विषय बन्नेछ ।’, रोहानीले ट्रम्पलाई संकेत गरेर ‘अशिष्ट’ शब्द प्रयोग गरेका हुन् । ट्रम्पले अघिल्लो दिन इरानलाई संकेत गरी त्यही शब्द प्रयोग गरेका थिए ।
रोहानीले ट्रम्पले आफूमाथि लगाएको आरोप ‘अज्ञानी, अमूर्त र घृणाले भरिएको हाँस्यास्पद र आधारहीन आरोप’ भएको भन्दै त्यस्ता कुरा संरा संघमा सुन्न लायक नभएको हुनुका साथै राष्ट्रहरुबीच शान्ति र सम्मान विकास गर्न अवरोध गर्ने धारणा राखे ।
राष्ट्रपति रोहानीले इरानसँग भएका मिसाइलहरु मात्र आफ्नो आत्मरक्षाको लागि भएको र इरान कहिले पनि आणविक हतियारको पक्षमा नरहेको बताए ।
Leave a Reply