“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
जुम्ला, ४ असोज । नेपाल मजदुर किसान पार्टी परित्याग गरेको भनी केही व्यक्तिहरुले जुम्लामा गरेको पत्रकार भेटघाटप्रति ध्यानाकर्षण गर्दै नेमकिपा जुम्ला जिल्ला समितिले बुधबार एक वक्तव्य प्रकाशित गरेको छ । वक्तव्यमा कामदार वर्गलाई शासक वर्गको रुपमा उठाउन बृहत कम्युनिष्ट पार्टीभन्दा उच्च विचार र लक्ष्य लिएको साँचो कम्युनिष्ट पार्टीको आवश्यक भएको उल्लेख छ । वक्तव्यको पूरा विवरण प्रस्तुत छः
मिति २०७४ असोज २ गते जुम्ला जिल्लामा पूर्णप्रसाद धितालले पत्रकार सम्मेलन गरी बृहत कम्युनिष्ट पार्टी निर्माण अभियानका लागि आफ्नो नेतृत्वमा नेमकिपाका १ सय ३९ जना पार्टी कार्यकर्ताले राजीनामा दिएको जानकारी गराएको र आन्तरिक रुपमा नेकपा माओवादी केन्द्रसँग अपवित्र गठबन्धन गरी अन्य कार्यकर्तालाई पूर्ण रुपमा जानकारी गराई पार्टी प्रवेश गराउने जस्तो घृणित कार्यमा संलग्न भएको जानकारी पार्टीलाई भयो ।
केही जिल्ला बाहिर रहेका, ६ जनाको दोहोरो नाम समावेश भएको, आफ्ना सबै परिवारको नाम उल्लेख भएको, २० जनाको दस्तखत नभएको र ३० जनाले उक्त कार्यको विरोधमा पार्टीमा झुठ र कृत्य हो भनी जानकारी गराएको र निजले स्वंय पनि नेमकिपाको कुनै जिम्मेवारीमा नरहेको हुँदा पार्टी कार्यकर्ताहरुलाई हतोत्साहित नहुन अपील
कामदार वर्गलाई शासक वर्गको रुपमा उठाउन बृहत कम्युनिष्ट पार्टी नचाहिने र त्यसका लागि उच्च विचार र लक्ष्य लिएको साँचो कम्युनिष्ट पार्टी आवश्यक हुने र त्यस्तो लक्ष्य लिएको एक मात्र पार्टी नेपाल मजदुर किसान पार्टी भएको ठोकुवा गर्दछौं । र, इतिहासले देखाइसकेको छ । लोभ र व्यक्तिगत स्वार्थको लागि कार्यकर्ता भड्काउने कार्यमा संलग्न भएकाहरुको हविगत घरको न घाटको भएका यथेष्ट उदाहरणहरु छन् ।
तत्सम्बन्धी सबै विवरण बुझ्दा त्यसमा उल्लेखित भएका पार्टी कार्यकर्ताहरुमध्ये केही जिल्ला बाहिर रहेका, ६ जनाको दोहोरो नाम समावेश भएको, आफ्ना सबै परिवारको नाम उल्लेख भएको, २० जनाको दस्तखत नभएको र ३० जनाले उक्त कार्यको विरोधमा पार्टीमा झुठ र कृत्य हो भनी जानकारी गराएको र निजले स्वंय पनि नेमकिपाको कुनै जिम्मेवारीमा नरहेको हुँदा पार्टी कार्यकर्ताहरुलाई हतोत्साहित नहुन अपील गर्दै निज पूर्णप्रसाद धितालको पार्टी संगठन भत्काउने उद्देश्यको सशक्त प्रतिकारमा उत्रन आमकार्यकर्तालाई निर्देन गर्दछु ।
वक्तव्यमा नेमकिपा जुम्ला जिल्ला समिति अध्यक्ष शिवलाल डाँगीेले हस्ताक्षर गर्नुभएको छ ।
Leave a Reply