नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
नेपाल कृषिप्रधान देश हो । यहाँका बहुमत जनता किसान छन् । बहुमत जनता किसान भएको हुँदा नेपालमा किसान सङ्घर्ष आवश्यक छ । किसान सङ्घर्षलाई कम्युनिस्ट पार्टीको आधार मान्न सकिन्छ । किसान समस्या छोड्ने, किसान सङ्घर्ष नगर्ने या शोषक, सामन्त, पुँजीपति, जमिनदार, जालीफटाहाविरुद्ध सङ्घर्ष नगर्ने र किसानहरूको सङ्घर्षमा साथ नदिने दल कम्युनिस्ट पार्टी हुनेछैन । आफूलाई कम्युनिस्ट पार्टी भनिने ठूलठूला दलहरू न किसान सङ्घर्ष गर्छन् न किसान सङ्घर्षमा साथ दिन्छन् । ती शासकहरू किसानको मोही भाग खोस्ने किसानविरोधी हुन् । कम्युनिस्ट भनिने सत्तासीन दलका नेताहरू अब कुनै सङ्घर्ष गर्न नपर्ने बताउँछन्, अझ सङ्घर्ष गर्ने दल कुनै हालतमा कम्युनिस्ट हुँदैन भन्छन् ।
तराईका किसानहरू अहिले पनि प्रताडित छन्, अपहेलित छन्, शोषित र पीडित छन् । तराईका जमिनदार र जालीफटाहाबाट थिचिएका छन् । अनेक ऋणको भारी बोकाएर उनीहरूको श्रममाथि शोषण र दमन गरिरहेका छन् । अन्याय, दमन, शोषणमा परेका शोषित पीडित जनताको मुक्ति दिलाउनु नै कम्युनिस्ट पार्टीको उद्देश्य हो । बारा जिल्लाको किसान सङ्घर्ष त्यसैको सिलसिला हो । बाराको किसान आन्दोलन स्थानीय जमिनदार, जालीफटाहा र प्रतिक्रियावादीहरूविरुद्धको आन्दोलन थियो । यो एक प्रकारको शोषण, दमन र थिचोमिचोविरुद्ध गरिएको वर्गसङ्घर्ष हो ।
कम्युनिस्ट भनिने सत्तासीन दलका नेताहरू अहिले सङ्घर्ष गर्नुपर्दैन भन्नुको अर्थ जालीफटाहा, शोषक, सामन्त र जमिनदारहरूले किसानमाथि शोषण, दमन र थिचोमिचो गरे पनि लड्नु हुँदैन भन्नु हो । त्यहाँका किसानहरूले पुस्तौँदेखि जोत्दै आएको जग्गामा मोही हक पाएका छैनन् । मोही कायम नहुँदै द्वैधस्वामित्व अन्त्य गर्नुको अर्थ किसानलाई जग्गाबाट वञ्चित गर्नु हो, मोहियानी हक खोस्नु हो । तत्कालीन देउवा सरकारले द्वैधस्वामित्वको अन्त्य ग¥यो र एमालेले समर्थन ग¥यो । यसरी किसानहरूको जग्गा भाग खोस्ने ती दलहरू किसानविरोधी हुन् ।
बाराका किसानहरू देशी र विदेशी सामन्त, जमिनदार र शोषकहरूबाट पीडित भएको थलोमा नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन भइरहेको छ । जमिनदार, जालीफटाहाहरूविरुद्ध सङ्घर्ष गरिएको थलोमा भइरहेको नेक्राकिसङ्घको सम्मेलनले विगतको किसान आन्दोलनको स्मरण गराउँछ । विगत किसान आन्दोलनमा सरिक भएका किसानहरूको उपस्थितिले विगत किसान आन्दोलनको स्मरण गराएको छ । नेक्राकिसङ्घको सम्मेलनले फेरि तराईमा किसान आन्दोलन आवश्यक भएको सन्देश छरेको छ । वर्गदुश्मनविरुद्ध तराईका किसानहरू फेरि सङ्गठित भएर सङ्घर्ष गर्न सम्मेलनले प्रेरणा दिएको छ । यसले किसानहरूमा वर्गीय चेतना र वर्गसङ्घर्षलाई थप बल पु¥याउनेछ ।
Leave a Reply