संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय
- कार्तिक २०, २०८३
राष्ट्रपतिको सवारी र सडक जाम पर्यायजस्तै बनिसकेको छ । राष्ट्रपतिको सवारी हुँदा घण्टौँ जाम हुन्छ । यस्तै जाम माघ २७ गते शुक्रबार पनि भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नयाँ बानेश्वर भवनमा सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेकी थिइन् । राष्ट्रपति संसद् भवन जानु अघिदेखि नै सडक खाली गराइएको थियो । सवारी भइरहँदा, कार्यक्रममा बोलिरहँदा र फर्कँदा समेत गरी चार घण्टाभन्दा बढी जाम भएको थियो । राजधानीका सडकमा राष्ट्रपतिको सवारी हुँदा जहिल्यै घण्टौँ सडक खाली हुन्थ्यो । विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सोही ओहोदाका विदेशी पाहुना र आवश्यकताअनुसारका अन्य पाहुनाको आधिकारिक राजकीय सवारीमा सुरक्षाकर्मीहरूले सडक खाली गराउनुपर्ने मापदण्डको आधारमा सडक खाली गर्ने गर्छ ।
राजधानीजस्तो व्यस्त सडकमा घण्टौँ सडक जाम हुँदा यात्रुहरूको दैनिकीमा अस्तव्यस्त हुने नै भयो । हरेक पलपलमा समयको महत्व हुन्छ । मानिसहरू विशेष काम लिएर कहाँ कहाँ पुग्नुपर्ने हुन्छ । समयमा नपुग्दा काम बर्बाद हुन्छ र समय र पैसा खेर जान्छ । अझ एम्बुलेन्स, शववाहन, बारुणयन्त्र, अस्पताल र त्यस्तै अत्यावश्यक सङ्घ संस्था र निकायका सवारी साधनसमेत चलाउन नपाउँदा स्थिति के हुन्छ ? सडक जामको कारण बाटैमा बिरामी मर्न सक्छ । सडक जामको कारण अप्रेसन समयमै गर्न नपाउँदा, दुर्घटनामा परेका घाइतेको समयमै उपचार गर्न नपाउँदा बिरामी र बिरामी रेखदेख गर्नेहरूको पीडा कस्तो होला । एम्बुलेन्स समयमा पुग्नुपर्छ । एम्बुलेन्स ढिलो भयो भने बिरामीमात्र होइन बिरामीका आफन्तहरू आक्रोशित हुन्छन् र आक्रोशमा अन्य स्रोत र साधनमा क्षति पुग्न सक्छ । बारुणयन्त्रको उत्तिकै महत्व हुन्छ । कहीँकतै आगलागी भइरहेको छ भने तुरुन्तै पुगेर आगो निभाउनुपर्ने हुन्छ । समयमा आगलागी नियन्त्रण गर्न नसक्दा सोचेभन्दा धेरै धनजनको क्षति हुन्छ । यही कारण विशिष्ट व्यक्तिको सवारी या भ्रमण आलोचनाको विषय बनेको हो ।
सवारीको कारण पटकपटक घण्टौँ हुने सडक जामबारे सरकारले किन विचार पु¥याउँदैन ? कुनै ठाउँमा राष्ट्रपति या राजकीय व्यक्तिहरू सवारी हुँदा घण्टौँ सडक जाम गरेर जनजीवन अस्तव्यस्त भएपछि के सरकारले शिक्षा लिनुपर्दैन ? सरकारले अर्काे विकल्प खोज्नु पर्दैन ? ठूलो नोक्सान भएपछि मात्र सरकारले शिक्षा लिने ? सुरक्षा व्यवस्थापन कार्यविधि हेरफेर गर्नु परे पनि यसमा सुधार गर्नु आवश्यक छ । त्यही सडक जामको कारण राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. जनिथ सिंह सुरक्षाकर्मीको लाठी प्रहारमा घाइते भए । उनीमाथिको कुटपिटबाट ट्रमा सेन्टरको उपचार सेवा बन्द भयो र चिकित्सक सङ्घले देशभरिकै अस्पताल सेवा बन्द गर्न आह्वान गर्नुप¥यो । यो स्थिति निम्तिनुको कारण राष्ट्रपतिको सवारी हो, सवारीको कारण भएको सडक जाम हो । पञ्चायत कालमा राजा सवारी भएको बेलामा झैँ यो गणतन्त्रकालीन समयमा पनि तामझामका साथ सवारी हुनुपर्ने र घण्टौँ सडक खाली गरेर जनताको जीवनमा असर पु¥याउनुपर्ने हो र !
Leave a Reply