भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ
- कार्तिक १८, २०८३
जाली तमसुक च्यात्ने आन्दोलन
जेठको महिना थियो । बारा, सर्लाही र रौतहटका किसानहरू एक थिए । गौरमा किसान ¥यालीमा (प्रदर्शन) हजारौँ हजार किसानहरू सामेल भए । ‘जानी तमसुक रद्द गर’, ‘पुरानो ऋण रद्द गर’, ‘हनोरी–जनौरी रद्द गर’, ‘जालीफटाहालाई दण्ड देऊ’, ‘वारेन्ट भएका किसान कार्यकर्ताहरूको वारेन्ट रद्द गर’, ‘गिरफ्तार साथीहरू छोडी देऊ’, ‘मननवा ब्याज लागू गर’ (एक मन धान ऋण लिएमा एक पसेरीमात्र ब्याज होस् । पहिले त्यसको डेढमन ब्याज थियो ।), ‘मोहियानी हक कायम गर (बटैया खेतीमा मोहियानी हक थिएन ।), ‘पर्ती मजदुरलाई ४ सेर धान देऊ’ (पहिले खेतीहर किसानको ज्याला डेढ सेरमात्र थियो ।), ‘जमिन जोत्नेलाई देऊ’, ‘कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध रद्द गर’ आदि नाराहरू लगाइएका थिए । किसान ¥यालीमा किसानहरूको शक्ति देखेर शोषकवर्गका नोकर बडा हाकिम काम्न थाल्यो । उसले किसानहरूको माग पूरा गर्ने कबुल ग¥यो । तर, किसानहरू शोषकवर्गको वचनमाथि विश्वास राख्दैनथे । यसकारण, उनीहरूले गोश्वाराबाटै मननवा ब्याज लागू गर्ने, हनौरी–जनौरी छोड्न, मोहियानी हक दिन, पुरानो खायन नलिन, जाली फट्याइँ रोक्न जिल्लाका चौकी र सम्बन्धित ठाउँहरूमा पुर्जी पठाउन लगाए ।
यो किसान सङ्घर्षको ठूलो विजय थियो । तर, कुकुर आफ्नो चपाएको हाड छोड्न चाहँदैन भनेझैँ शोषक, सामन्त र जमिनदारहरू आफ्नो अधिकार इच्छाले छोड्न तयार थिएनन् । सिधा साधा किसानहरूलाई बोलाएर फकाउँदै फलाउँदै पुराना तमसुकहरूलाई नयाँ बनाउन थाले । वर्ग शत्रुहरूको यो जालसाजीको रिपोर्ट पार्टी जिल्ला कमिटीमा पुग्यो । अपराधीहरूको नयाँ षड्यन्त्रलाई असफल पार्न पाटीले किसानहरूलाई आह्वान ग¥यो । किसानहरूले शोषकहरूको घरमा धावा बोल्न थाले† जाली र नक्कली तमसुक जबरजस्ती च्यात्न थाले । यो तमसुक च्यात्ने आन्दोलन बारा, रौतहट र सर्लाहीसम्म व्यापकरूपले चल्यो । किसानहरू सङ्घर्षको आगोमा हामफाले । बारा, रौतहट र सर्लाही सङ्घर्षको आगोले रातो भयो । हरेक गाउँका किसानहरू सङ्गठित हुन्थे, सामन्तको घरमा आधीजस्तै हुरिन्थे । सबै जाली र नक्कली तमसुक सुपुर्द गर्न आदेश दिन्थे । आदेश नमान्ने सामन्त र शोषकलाई किसानहरूले बज्र मुक्का दिन्थे, समातेर भुइँमा पछार्थे । लातीले कुल्चेर राख्थे, कागजात जफत गर्थे, नक्कली तमसुक च्यात्थे र जलाइदिन्थे । हरेक गाउँमा १०–२० शोषक, सामन्त र जमिनदारलाई किसानहरूले तिनीहरूको गद्दीबाट खसाल्दै, शोषक वर्गको सबै इज्जतलाई धुलोमा मिल्काइदिए तिनीहरूको हाँक, धाँकलाई किसानहरूले आफ्नो पैतलामुनि कुल्चिदिए ।
ती दिनहरू वर्गसङ्घर्षका गौरवपूर्ण दिनहरू थिए । हरेक गाउँ ठाउँको मुठभेडमा रगतका छिटाले सङ्घर्षलाई अझ जोसिलो बनाएको थियो । वर्गशत्रुको रगत बगेको देखेर किसानहरू झन् उत्साहित हुन्थे† विजयको जोसले सङ्घर्षलाई अझ अगाडि बढाउन सङ्कल्प गर्थे† सामन्तका घरहरूमा आगो लगाए । किसान जनतालाई चुसेर ऐस आराम गर्न बनेका घर र सामान जलेर भस्म भए । वर्गसङ्घर्ष नयाँ उचाइमा पुग्यो । किसान कार्यकर्ताहरूमा उत्साह बढ्दै गयो, वर्ग शत्रुको क्याम्पमा हाहाकार मच्चियो ।
आखिर सामन्त सरकार फेरि आफ्नो कसाहीको रूप प्रकट गर्न आइहाल्यो । हरेक गाउँबाट १०–१२ जवान किसान कार्यकर्ता गिरफ्तार गरिए । तर, सङ्घर्ष भने रोकिएन । रौतहट, पूर्वी बारा र पश्चिम सर्लाहीको सम्पूर्णजस्तो जाली तमसुक च्यातियो । आन्दोलन १७ औँ दिनमा चलिरहेको थियो । सामन्तका दलालहरू गिरफ्तार गरेर राखिएको थियो । ती वर्ग शत्रुहरूलाई किसानहरूले कुकुरलाई बाँधेजस्तै बाँधेर लडाइ राखेका थिए ।
अचानक शत्रुका १५० पुलिस र गुण्डाहरूले गाउँमा धावा बोले । सशस्त्र पुलिस र गुण्डाको त्यस धावामा नेपाली र भारतीय पुलिस गुण्डाहरूको कालो गठबन्धन थियो । दुवै देशका शोषकवर्ग किसान आन्दोलन दबाउन एक भएका थिए । बाराका का. इन्द्रदेव प्रसाद (मास्टर), का. बद्रिदास बैरागी र रौतहटका अरू पनि थुप्रै कामरेडहरू गिरफ्तार गरिएका थिए ।
आफ्नो कामरेडको गिरफ्तारीले किसानहरूमा फेरि रिस थपियो । सबै जुरमुरिएर उठ्न थाले, घटनास्थलतिर दौड्न थाले । प्रतिक्रियावादी पुलिसलाई किसान जनताले घेरे । आफ्नो साथीहरूको छुटकाराको माग गरे । भिडन्त हुँदा दुवैतिर घाइते भए । सामन्ती सरकारको यस कालो कर्तुतले दिन विस्तारै अँध्यारो हुन थाल्यो । लाठीचार्ज गरिए, गोली चलाइए ।
किसान स्वयंसेवकहरू पनि तयार थिए । शत्रुहरू जनताले घेरिएका थिए । तिनीहरूको अगाडि खालि दुईवटा बाटा थिए । पहिलो ज्यान फाल्नु, दोस्रो सम्झौता गरेर गिरफ्तार साथीहरू छोड्नु । तिनीहरू दोस्रो बाटो रोज्न बाध्य भए । घर घर काँपेर वर्ग शत्रुका दलालहरूले सम्झौताको भिक्षा मागे, गिरफ्तार साथीहरू छोडिदिए र किसानहरूको अगाडि घुँडा टेकेर भागे । बाराका किसानहरूको क्रान्तिकारी भावना अझ एक पाइला अगाडि बढ्यो ।
जमिनदारमाथि आर्थिक प्रहार
२०११ सालमा किसान सङ्घर्ष फेरि नयाँ जोस लिएर अगाडि बढ्यो । अनुभवले देखाइसकेको थियो कि जमिनदार वर्गमाथि आर्थिक प्रहार नगरीकन किसान वर्गलाई आर्थिक लाभ हुन्न । राजनैतिक चेतना कमजोर भएको इलाकामा आर्थिक नारा र लाभ नभइकन किसान आन्दोलन अगाडि बढाउन मुस्किल हुन्छ । यसकारण, रौतहट र बारा पार्टी अब जमिनदार वर्गमाथि आर्थिक प्रहार गर्नतिर लागे । आर्थिक सङ्घर्षले किसान सङ्गठनलाई मजबुत बनायो र किसानहरूमा वर्गीय चेतना बढायो ।
आर्थिक प्रहारमा ‘मद्दत भकारी’ को माग थियो । जमिनदार वर्गसँग आफ्नो खाना खर्चभन्दा बढी भएको अन्नमध्ये मनको र सेरको दरले मद्दत गर्न माग ग¥यो । त्यस मद्दत भकारीले सङ्गठन र गाउँको स्कूल, अनाथालय र लोक कल्याणको काम गर्ने योजना थियो । मननवा ब्याजलाई पूर्णरूपले लागू गर्न र बटैयामा मोहियानी हकको निम्ति सङ्घर्ष गर्ने पार्टीले नारा दियो । ती नाराले किसानहरूको मुटु छोयो । सबै किसानहरू फेरि एकगठ भए । सङ्घर्षको तयारी भयो । सर्वप्रथम बाराको विष्णुपुरवा गाउँमा किसानहरूले सङ्घर्षको झन्डा बोके । जमिनदारहरूले किसानहरूको अगाडि आत्मसमर्पण गरे । किसानहरूको विजय भयो ।
गडहलको लडाइँ
२०११ सालको माघ महिना थियो । जमिनदार हृदयनारायण साह तेली बाराको खुँखार चुसाहा थियो । किसानहरूले उसको घरमा धावा बोले । उसले किसानहरूको अगाडि आत्मसमर्पण ग¥यो । मद्दत भकारी, मननवा ब्याज र बटैयामा मोहियानी हक दिन मञ्जुर ग¥यो । यो कुरा जिल्लामा आँधीजस्तै फैलियो । सबै जमिनदार र शोषकहरूले पाइलामुनि जमिन खुस्केको अनुभव गरे । जिल्लाका सबै जमिनदार र सामन्तहरू गुप्तरूपले भेला भए । किसानहरूको माग पूरा गर्नासाथै आफ्नो धर्ती खुस्कने कुरोमा छलफल गरे, रोए, कराए र सरकारसँग गुहार मागे । किसान आन्दोलन दबाउन २६ हजार रूपैयाँ चन्दा असुलेर प्रशासन र पुलिसलाई घूस दिए । बन्द कोठामा किसानविरोधी प्रतिक्रियावादी षड्यन्त्र रचे ।
रातको १२ बजेको थियो । भयङ्कर अन्धकार थियो । प्रतिक्रियावादीहरूको पाल्तु कुकुर सशस्त्र पुलिस दल जनताको गाउँमा चुपचाप घुस्यो† घेरा दियो र पार्टी कामरेडहरूलाई गिरफ्तार ग¥यो । गिरफ्तार हुनेमा मधु सिंह पनि थिए । आफ्ना कामरेडहरू गिरफ्तार भएको खबरले किसानहरू गोलीजस्तै हानिँदै पुगे र पुलिस दस्तालाई घेरे । किसान जनताको घेरा पूरा ३ दिनसम्म चल्यो । उता पुलिसहरू भोकले लखतरान भए । किसानहरूले शत्रुलाई धरापमा पार्ने विचारले साताँै दिनमा घेरा दिन छोडिदिए ।
कालो शक्तिले पालिएका कुकुरहरूले मधुसिंहलाई जिपमा हालेर नरही भन्ने गाउँतिर लगे । नरही गाउँ किसान सङ्गठनको राम्रो गढ थियो । घेरा तोड्नुको मुख्य अर्थ शत्रुलाई आफ्नो गुफाबाट निकाल्नु र बिच बाटोमा हमला गर्नु थियो । बिच बाटोमा महिला किसानहरूले जिपलाई रोकेर मधुसिंहलाई मुक्त गर्न हमला गरे । अरू पनि धेरै किसानहरू आइपुगे । सङ्घर्ष भयो । कालो शक्तिमाथि ढुङ्गा र मुढाको वर्षा भयो । पुलिसहरू धेरै सङ्ख्यामा घाइते भए । जिप क्षतिग्रस्त भयो । चारैतिर किसान जनताको घेराले शत्रु पक्ष आत्तियो ।
बन्दकोठा भित्र थुनिएर मार खाने कुकुर तर्सन्छ र बहुला भएर आक्रमण गर्न खोज्छ । यो पशुहरूको स्वभाव हो । किसान जनताको क्रान्तिकारी घेराबाट फुत्केर भाग्ने ती जमिनदार र शोषकवर्गका पिच्छलग्गू पुलिसहरूले लाठीचार्ज गरे । तर, क्रान्तिकारी किसानहरू पछि हटेनन् । आखिर शोषक वर्गले दबाउने बानी कहाँ छोड्छ र ? सरकार र शोषकवर्गको आदेशअनुसार गोली चल्यो । यस अपराधपूर्ण कार्यले किसानहरू झन् उत्तेजित भए । गोलीको आवाज दिएर उनीहरूले किसानहरूलाई तर्साउन खोजेका थिए । चेतावनी र धम्कीले तह लगाउने अन्तिम दाउ खेलेका थिए । तर, तिनीहरूलाई थाहा थिएन कि क्रान्तिकारी जनता धम्की र गोलीदेखि डराउँदैनन् । मृत्युदेखि पछि हट्दैनन् । मुखलाल महतो शत्रुको अपराधलाई घृणा गर्नुहुन्थ्यो । उहाँमा वर्गीय भावना खचाखच भरिएको थियो । क्रान्तिप्रति उहाँको विश्वास अटल थियो । शत्रुको डर र धम्कीको अगाडि नझुक्ने उहाँमा गुण थियो । शत्रुको अक्षम्य अपराधदेखि उहाँ खूब रिसाउनुभयो । बाघजस्तो हुतिएर उहाँ शत्रुमाथि हमला गर्न पुग्नुभयो । तर, शोषकवर्गको गोलीबाट उहाँ सहिद हुनुभयो । प्रतिक्रियावादी पुलिसले लगभग २० राउन्ड गोली चलाएको थियो । ५–६ जना कामरेडहरू घाइते भएका थिए । थुप्रै किसान कार्यकर्ताहरू गिरफ्तार गरिए र ६–६ महिना जेलमा थुनिए ।
बाराका किसानहरूको यो एक वीरतापूर्ण सङ्घर्ष थियो । गडहलको यस लडाइँले वर्गशत्रु कति क्रूर हुन्छ भन्ने कुरा बाराका किसानहरूलाई प्रस्ट भयो । साथै यस लडाइँबाट उनीहरूले मुखलाल महतो र अरू सहिदहरूको क्रान्तिप्रतिको विश्वास र भक्तिबाट शिक्षा लिनेछन् । आफ्ना कामरेडहरूको बदला लिने र वर्ग शत्रुसँग लड्ने भावनाले बाराका किसानहरूको हृदयलाई अझै ताजा बनाउनेछ । यसले पुरानो वर्गसङ्घर्षको लेखाजोखा गर्नेछ† पुरानो गल्ती र कमजोरीहरूलाई हटाउनेछ† अनुभवबाट सिक्नेछ र सहिदहरूको शपथ लिएर किसान आन्दोलनको रातो झन्डालाई अझ माथि उचाल्नेछ ।
काङ्ग्रेसहरूसँग मुठभेड
२०१४ सालको कुरो हो । पार्टीको नारा र गतिविधिले बारा जिल्लाका जनता पार्टीप्रति राम्रो भावना राख्न थालेका थिए । यसकारण, पहिले थाहा नपाएर काङ्ग्रेस भएका मानिसहरू पनि कम्युनिस्ट पार्टी र किसान सङ्गठनको समर्थनमा आएका थिए । बनौली गाउँमा काङ्ग्रेस पार्टी नाउँमात्रको पार्टी थियो । त्यसले जनताको समर्थन पटक्कै पाउन सकेको थिएन । यसले गर्दा काङ्ग्रेसी नेताहरू आच्छुआच्छु पर्न थालेका थिए । तर, जनताले थाहा पाइसकेका थिए कि नेपाली काङ्ग्रेस शोषक र सामन्तहरूको पार्टी हो । त्यसले देश र जनताको भलाइ गर्न सक्दैन । किसान र मजदुर वर्गको त शत्रु नै भएको छ । त्यसको ‘प्रजातन्त्र’ को नारा त जनतालाई धोखा दिने एक बहानामात्रै हो । त्यस पार्टी सदा सामन्त र विदेशी पुँजीको अगाडि घुँडा टेक्छ र जनतामाथि विश्वासघात गर्छ ।
आफ्नो स्वार्थ र शोषणलाई दिगो राख्न बनौलीका काङ्ग्रेस नेता मुक्तिनारायण यादव किसानहरूलाई अनेक मुद्दामा फसाउने षड्यन्त्र गर्दै थियो । जिल्लामा सामन्त जमिनदारसँग मिलेर किसानविरोधी अपराधहरू गरिरहन्थ्यो । उसले पार्टीको अफिसमा आगो लगाइदिएको थियो । तर, किसान जनताको आँखाबाट यस्ता अपराधीहरू बच्न सकेनन् । त्यो काङ्ग्रेसी गुण्डा किसानहरूद्वारा गिरफ्तार गरिए र आयन्दा किसानविरोधी र पार्टीविरोधी गतिविधि नगर्ने कबुल गरेपछि किसानहरूले त्यसलाई छोडिदिए ।
किसानहरूले गाउँमा सडक बनाए । सडक बनाउँदा धनीहरूको जग्गा पर्नु स्वाभाविक कुरो थियो । काङ्ग्रेसहरू धनी थिए, शोषक थिए, सामन्त र जमिनदार थिए । बाटो बनाउने काममा काङ्ग्रेसहरूले विरोध गरे† बाटो बनाइरहेको ठाउमा आएर रोक्ने दुष्प्रयास गरे । किसानहरूले तिनीहरूसँग ‘जस्तालाई तस्तै’ को सङ्घर्ष गरेर पराजित गरिदिए ।
किसानहरूले बटैयामा मोहियानी हक देऊ र मननवा लागू गर भन्ने माग गरे । गाउँका किसानहरू सङ्गठित भए । तर, शोषक र सामन्तहरूको दलाली गरेर काङ्ग्रेसी कार्यकर्ताहरूले किसानहरूको विरोध गरे । किसानहरू पछि हट्ने कुरै थिएन । उनीहरूले वर्ग शत्रुको पक्ष लिने प्रतिक्रियावादीहरूसँग डटेर सङ्घर्ष गरे । काङ्ग्रेसी प्रतिक्रियावादीहरू मैदान छोडेर भागे ।
यो सङ्घर्ष फैलिँदै गयो । रौतहटमा पथरा काण्ड भएको थियो दुवै जिल्लाको संयुक्त सङ्घर्ष भयो । शोषकवर्गले जालसाजी ग¥यो । रौतहटको पथरा काण्डमा हाजिर भएका भनेर बाराका १० जवान कामरेडहरूमाथि मुद्दा चलाइयो । देवनारायणलगायत १० जवान साथीहरू गिरफ्तार गरिए । जेल सजाय दियो । तर, किसानहरूले आफ्नो सङ्घर्षलाई चालू नै राखे ।
बारा र रौतहट जिल्लाको किसान आन्दोलनको समीक्षा
२००७ सालदेखि २०१४ सालसम्मको ६ वर्षको अवधिभित्र रौतहट र बारा पार्टी र किसानहरूले ‘समानताको सङ्घर्ष’ देखि ‘जाली तमसुक च्यात्ने आन्दोलन’ सम्मको किसान आन्दोलनमा धेरै सफलताहरू प्राप्त गरिसकेका थिए । ‘रे’ र ‘जी’ को ‘समानताको सङ्घर्ष’ ले गाउँ गाउँको जमिनदार र सामन्तवर्गको पुरानो इज्जत, सान–सौकत र हाँक धाँकलाई धुलोमा मिल्काइदिए । बाराको कचरुवा र शीतलपुर, रौतहटको इनरवारी र महमदपुरका जस्ता घटनाहरूले गाउँको सामन्त र जमिनदारवर्गको सत्तालाई उठाएर फ्याकिदिएका थिए ।
बारा र रौतहटका पार्टी र किसानहरूले गाउँमा धेरै किसिमको थुप्रै सङ्घर्ष र मुठभेडमा मात्रै आफू सफल साबित गरेनन् । बरु गडहल, जनौली र पथरा काण्डजस्ता क्रूर दमनको अगाडि पनि आफ्नो झन्डालाई झुकाएनन् । प्रश्न उठ्छ, यी सबै साना–ठूला अग्नि परीक्षाबाट पार पाएर पनि बारा र रौतहटका किसान आन्दोलनले पछिसम्म स्थिरता किन लिन सकेन र यो झन्झन् विकास हुनुको सट्टा ¥हास किन भयो ?
यो प्रश्नको उत्तर मोटामोटीरूपमा तल दिएको छ, ती उत्तर पूर्ण र अन्तिम नहुन सक्छ ।
१. ती किसान आन्दोलनहरू स्थानीय आन्दोलनमा मात्रै सीमित रहनु ।
२. आन्दोलन राजनैतिकभन्दा आर्थिक सङ्घर्षमा मात्रै सीमित हुनु, जसले किसानहरूको राजनैतिक स्तरलाई माथि उठाउन सकेन ।
३. सङ्घर्ष पूर्णतया पार्टी केन्द्रीय निर्देशनमा नभइकन स्थानीय पार्टी नेतृत्व र कार्यकर्ताहरूकै अगुवाइमा भएको हुँदा आन्दोलनले राष्ट्रियरूपमा विकास गर्न सकेन, यसको मुख्य कारण स्थानीय पार्टी नेतृत्व र कार्यकर्ताहरूमा राजनैतिक गम्भीरता र अनुभवको कमी हुनु हो, जो भयो त्यो पनि धेरै सफल मान्नुपर्छ ।
४. केन्द्रीय पार्टी नेतृत्वले आन्दोलनलाई अगाडि बढाउन नसकेको मात्र होइन, झन् निन्दा गरेर किसान सङ्घर्षलाई पछाडि घचेटिदियो । केन्द्रको त्यस कार्यले शोषकवर्गलाई फाइदा हुन पुग्यो ।
५. व्यवस्थित सङ्गठन र दीर्घकालीन रणनीतिक दृष्टिकोणको पूर्ण अभाव थियो । माथिका कमजोरीहरूबाहेक किसान आन्दोलनको पक्ष बढी उज्यालो देखिन्छ । किसान कार्यकर्ताहरू इमानदार, पार्टीप्रति बफादार र लडाकू थिए । वर्गीय दृष्टिकोणले उनीहरू गरिब र खेतीहर किसान परिवारबाट आएका थिए, जो स्वभावतः क्रान्तिकारी हुन्छन् । उनीहरू देशी र विदेशी जमिनदार, सामन्त, भ्रष्ट कर्मचारी र कालाबजारीहरूबाट शोषित थिए । आर्थिक र सामाजिकरूपले पीडित थिए । यसकारण, त्यस भेगका किसानहरू वर्ग–दुश्मनलाई आज पनि अति घृणा गर्छन् । क्रान्तिप्रति आशा राख्छन् ।
तर, त्यो दिन अब टाढा छैन । बाराका किसानहरूले आफ्नो पुरानो आन्दोलनको इतिहासलाई एक एक गरेर केलाउने छन्, ठीक–बेठीक छुट्याउने छन्, गल्ती सच्याउने छन् र कमी पूरा गर्नेछन् । सहिद मुखलाल महतो, जङ्गीलाल राय र अरू बितेका सहिद कामरेडहरूबाट प्रेरणा लिनेछन् । रामलाल खां, नथुनी साह कानु, इन्द्रदेवप्रसाद कायष्ठ, इसल मोहमद (दर्जी), चुनी मिमा (दर्जी), बलदिन मियां, जमदार राउत कुर्मी, दिपाईराम यादव र अरू दिवङ्गत कामरेडहरूको त्याग, तपस्या र अनभुवबाट सिक्नेछन् । वीरगति प्राप्त गरिसकेका कामरेडहरूको शोकलाई बलमा बदलेर एकपछि अर्को किसान आन्दोलनलाई अगाडि बढाउने छन् र बारा जिल्लालाई क्रान्तिकारी सङ्घर्षले झिलिमिली पार्नेछन् ।
छोटोमा, केही व्यावहारिक कमजोरीहरू (राजनैतिक अध्ययन र तालिमको अभाव, सङ्घर्षलाई अरू जिल्लासम्म फैलाउने बन्दोबस्तको कमी, मध्यम र निम्न पुँजीपति वर्गलाई आफूतिर तान्ने उपाय गर्न नसक्नु आदि) र आन्दोलनलाई व्यापक र सशस्त्र सङ्घर्षमा विकास नगर्ने संशोधनवादी नीति आदि नै बारा र रौतहटको किसान आन्दोलन सेलाएर जानुका मुख्य कारणहरू हुन् ।
यस किसान आन्दोलनका मुख्य कार्यकर्ताहरूमध्ये मधुसिंह, रमाकान्त मिश्र, मोहन महतो कोइरी, देवनारायण कलवार आदि हुनुहुन्थ्यो । घरको परिस्थितिले गर्दा उहाँहरूले पछिसम्म देश र सेवा गर्न सक्नुभएन ।
– समाप्त
Leave a Reply