सरकारी निर्णय राहतभन्दा आहत
- बैशाख ९, २०८३
असोज ५, चितवन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ चितवनको आयोजनामा जिल्लास्तरीय विद्यार्थी भेला आज रत्ननगरमा सम्पन्न भयो ।
सो भेलामा नेपाल मजदुर किसान पार्टी चितवनका अध्यक्ष हरिप्रसाद दुवालले नेमकिपाको विचारलाई निषेध गर्न नेका, एमाले, माओवादी केन्द्रलगायतका पूँजीवादी पार्टीहरूले थ्रेसहोल्डको प्रावधान ल्याउनु पञ्चायती मानसिकता हो भन्नुभयो ।
उहाँले संगठनको विधानअनुसार चल्ने कार्यकर्तामात्र इमानदार, नैतिकवान, अनुशासित र निरन्तर सक्रिय हुन्छन् भन्नुभयो । राजकुमार श्रेष्ठको सभापतित्वमा भएको भेलामा नेक्राकिसङ्घ चितवनका अध्यक्ष विष्णु शर्मा, नेक्रायुसङ्घ चितवनका अध्यक्ष ज्ञानेन्द्र चेपाङ, अर्जुन चेपाङलगायतले बोल्नुभएकोे थियो ।
सो भेलाले राजकुमार श्रेष्ठको नेतृत्वमा रहेको विद्यमान समिति विघटन गरी रविको नेतृत्वमा नेक्राविसङ्घ चौथो चितवन जिल्ला सम्मेलन तयारी समिति गठन ग¥यो ।
Leave a Reply