भर्खरै :

सांस्कृतिक सम्पदाहरू संरक्षणमा जोड

भक्तपुर, ५ असोज । कसैले दियो भन्दैमा सहयोग लिनु उचित हुँदैन । सहयोगको पछाडि के कस्तो स्वार्थ लुकेको हुन्छ ? बझ्नुपर्छ । सांस्कृतिक सम्पदा हाम्रो सम्पत्ति भएको हँदा त्यसको संरक्षण हामी आफैले गर्नुपर्छ ।  उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार महेश्वरी परिसरमा भइरहेको विकास निर्माण तथा ढु·ेधारा उद्घाटन कार्यक्रम व्यक्त गर्नुभएको थियो ।
सम्पदा संरक्षण एवं विकास निर्माण कार्यले आयस्रोत पनि वृद्धि हुने चर्चा गर्दै नपा प्रमुख प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न नपा लागिरहेको बताउनुभयो । गैरसरकारी संस्थाले नपामा स्वीकृति लिएरमात्र आफ्नो गतिविधि गर्न पाउने व्यवस्था भएको विचार राख्दै उहाँले उपभोक्ता समितिमार्फत भएका विकास कार्यको हिसाब किताब व्यवस्थित र पारदर्शी गर्नुपर्छ भन्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सामूहिक कार्यले विकास छिटो हुने उल्लेख गर्दै नपाले पुनःनिर्माणका साथै बहुउद्देश्यीय भवन, ख्वप अस्पताल, अरनिको सभाभवन, हनुमन्ते खोला सुधारका कार्यक्रममा प्राथमिकता दिइरहेको बताउनुभयो ।  भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली र पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजूले उपभोक्ता समितिमा बसेर सहयोग गर्न र विकास कार्यमा साथ दिन आग्रह गर्नुभयो ।  महेश्वरी ध्वाका मर्मत तथा ढुंगेधारा निर्माण समितिका अध्यक्ष रामेश्वर प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा वडासदस्य हेरा ख्याजूले विभिन्न उपभोक्ता समितिमार्फत भएको खर्चबारे जानकारी दिनुभयो ।
महेश्वरी पीठ परिसर हरियाली तथा वातावरण सुधारअन्तर्गत बगैंचा निर्माणमा ९,७८,९२२।०८, खँचा पोखरी मर्मत तथा सरसफाइमा रू.१,१८,१३०। र महेश्वरी ग्यारेज भित्र पानी निकास व्यवस्थापनमा रू. ५०,३०९। खर्च भएको जानकारी दिइयो ।  कार्यक्रममा हरिकृष्ण दुवाल र कृष्णराम वासीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *