हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
सोल, ७ फागुन (एपी) । संरा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । प्रजग कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
अमेरिका र दक्षिण कोरियाको भावी संयुक्त सैनिक अभ्यासबाट भएको प्रजग कोरियाले अमेरिका र आफ्नो छिमेकी कोरियाविरुद्ध कडा कदम चाल्ने धम्की दिएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरेको हो ।
दक्षिण कोरियाली र जापानी सेनाका अनुसार क्षेप्यास्त्र छिमेकीहरूको इलाकामा नपुगोस् भन्ने ध्येयका साथ सावधानीपूर्वक प्रहार गरिएको थियो । एक घण्टामा अधिकतम पाँच हजार सात सय किलोमिटरको उचाइमा पुग्ने तथा करिब नौ सय किलोमिटर पर प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र प्योङयाङले परीक्षण गरेको हो ।
क्षेप्यास्त्रका जानकारहरूका अनुसार शानिबार परीक्षण गरिएको अन्तरमहादेशीय उक्त क्षेप्यास्त्र गत नोभेम्बरमा प्रजग कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्रजस्तै थियो । अमेरिकी मुख्त्ूमिसम्म प्रहार गर्ने क्षमताको उक्त क्षेप्यास्त्रको हुनसक्ने उनीहरूको अनुमान छ ।
जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले ओशिमा टापुबाट करिब दुई सय किलोमिटर पश्चिममा रहेको जापानको विशेष आर्थिक क्षेत्रभित्र खसेको क्षेप्यास्त्रबाट कुनै क्षति नभएको बताएका छन् । ओशिमा होक्काइडोको उत्तरी मुख्य टापुको पश्चिमी तटमा अवस्थित छ ।
यसैबिच यूएस इन्डो–प्यासिफिक कमाण्डले उक्त प्रक्षेपणबाट अमेरिकी कर्मचारी, क्षेत्र वा यसका सहयोगीहरूलाई तत्काल जोखिम नभएको बताएको छ भने ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्ले अनावश्यकरूपमा कोरियाली प्रायःद्वीपमा तनाव बढाएको जनाएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले प्रजग कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले प्रजग कोरियाको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी गरेको छ ।
Leave a Reply