भर्खरै :

कसका लागि हाम्रा पूर्वाधार ?

ममा धैर्य नै रहेन र मैले सोधिहालेँ, कीर्तिपुरतिरका पूर्व योङ कम्युनिस्ट लिगका साथीहरूसँग अचेल पनि त्यस्तै हो थालमा झोल नभएको अचार कचौरामा भुटुवा तरकारी र दाल त्यस्तै दिए । अचार त थालमै भातमाथि राख्नु स्वाभाविकै भयो । त्यो किसान समाजले कहिलेदेखि कचौरा प्रयोग गर्न थाल्यो थाहा छैन । नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्टलाई तालिम दिने, दरो कम्युनिस्ट, जुझारु कम्युनिस्ट बनाउने काममा हामी केही कम्युनिस्टलाई ठाउँ ठाउँमा खटाउँथ्यौँ । कीर्तिपुर, पाँगा, नगाउँ, ढुङ्गा अड्डातिर रुपचन्द्र विष्ट र म (भैरव रिसाल) खटिएका थियौँ । यसअघि म, चाबेलका अमीरबहादुर, त्यतैतिरका शक्ति लम्साल र अर्का एक जना कामरेड जसको नाम बिर्सिएँ अहिले मैले† चार जना थियौँ । हाम्रो कार्य क्षेत्र गोकर्ण वनको उत्तरसम्म पथ्र्यो । हामी दिउँसो जान्थ्यौँ । दिउँसो उमेर पुगेका कोही भेट नहुने, ज्याला गर्न काठमाडौँतिर जाँदा रहेछन् । घरमा बसेका केटाकेटी वा बुढाबुढी या नेपाली भाषा नै नबुझ्ने या बुझ्ने प्रयास पनि नगर्ने हामी जानु र नजानुमा उस्तै । हाम्रो यस्तै कुरा सुनेर पार्टीले बेलुकी बास बस्तै जानेगरी कीर्तिपुर खटाएको थियो । कीर्तिपुरका किसान आफ्नै खेतबारीमा बिहानीदेखि काम गर्ने या आफ्नो काम नभएको बेलामा ज्यामी काम गर्न ज्यालामा अरुको काममा ज्यालामा जाने गर्ने रहेछन् ।
कटको अचार
अब कीर्तिपुरको बेलुकीको अनुभव अर्कै रह्यो । दिनभर काम गरेर थाकेर चूर भएर आएका किसानहरूले खाना खाँदै आँखा लागिहाल्ने आधाजस्तो सहभागी घुर्न नै थाल्ने, कति जना उम्न थाल्ने, केही निदाउने । पढाइ त कता कता ? बेलुकी बस्तै आएका पाहुनालाई खान दिनैप¥यो । यो कुरा २०१२–२०१३ सालतिरको हो । रुपचन्द्र र मलाई भात खान दिन्थे बेलुकीको । बिहान हामी उठ्थ्यौँ, हिँड्थ्यौँ । सबैको घरमा बिहान चिया खाने चलन पनि थिएन । हामी पनि आफ्नो बाटो लाग्थ्यौँ । कुनै कुनै किसानको घरमा गाई वा भैँसीको दूध थोरै हुने रहेछ । थोरै दूध दिन्थे । तर, त्योसँग खाने दालले नभिजेको भात हुँदैनथ्यो । त्यो सम्झेर ती पुराना साथीसँग पुराना कुरा कोट्याएको उनीहरूले लाज माने । त्यतिबेला कचौरा किसानहरूको घरमा भर्खरै पसेको थियो । त्यसबेलासम्म साधारण कृषकको घरसम्म कचौरा पुगेको थिएन । अनि रुपचन्द्रले सोधे, अचार राख । त्यसअघि किसानहरू लाज मानेर हाँसेका थिए । मैलै सामान्य नै भनेँ खाएँ । मेरो उत्तरपछि रुपचन्द्र खुब हाँसे र के के अचार रहेछ त ? मैले भने केको हो त्यो थाहा पाइनँ । तब जनै छाम भन्यो, जनै छामे फेरि हासे र भने त्यो अचार त कटको रे ¤ कट भनेको जाँडको छोक्रा हो ।
खोजे सजिलै पत्ता लाग्छ
इमानदारी र राजनीति एकै ठाउँमा बस्न नसक्ने वस्तु हुन् ? तर, नेपालले झन्डैझन्डै त्यही देखाएको छ, अपवादमा नेमकिपामात्र देखिएको छ । यसका कार्यकर्ता सकभर काम खोज्छन् आफ्नो योग्यताअनुसार र काठमाडौँ खाल्डो छोडेर दुर्गम एवं हिमाली क्षेत्रमा जान्छन् र आफूले जानेको सीप सिकाउँछन् र कमाउँछन् । कमाएकोबाट आफू पालिन्छन् र विवाहित भए र अनुकूल परे श्रीमती पनि सँगै लैजान्छ । खानु, लाउनु र बस्नु खर्च गरी बाँकी भएको रकम घरका आश्रितहरूका लागि पठाउँछन् । यसरी भक्तपुर सहर सुकिलो, जाँगरिलो र जिम्मेदार बन्दै गइरहेको छ । यसको सम्पूर्ण श्रेय राजनीतिलाई नै जान्छ । खै त अरु जिल्ला पनि छन् नेपालमा तर भक्तपुरलाई भेट्न सकेको छैन । कति बहुत प्रगति गरेको भक्तपुरले ? ग¥यो भने हुनेरहेछ । भक्तपुर सहरले आफूलाई सुकिलो बनाएको छ, सुग्घरी बनाएको छ । जनताले हेरेका छन् स्थानीय सरकारलाई, नगर सङ्गठनलाई । यो कुरो किन अनुसरण गर्दैनन् अरु नगर–गाउँहरू ? राज्यको सङ्गठन गर्ने जनतामा जाने प्रक्रिया पनि त त्यही हो नि । तर किन भक्तपुर नगरपालिकामा जति सुग्घर सफाइ अरु नगर–गाउँपालिकामा हुँदैन ? यतातिर हाम्रो ध्यान गएको छ ? गएको भए के के भएको छ त ? नगएको भए किन नगएको ? प्रश्न अस्पष्ट छ र ? छैन । प्रश्न न घुमाउरो छ न अस्पष्ट नै । तसर्थ जाँगर भएका जनप्रतिनिधिहरू भक्तपुर आउनोस्, प्रश्न गर्नोस् किन सुकिलो भक्तपुर ? तपाईंको नगर वा गाउँ सुकिलो र जाँगरिलो पार्न भक्तपुर नगरले के के ग¥यो ? सल्लाबल्ला गर्नोस् विधि र प्रक्रिया पत्ता लागिहाल्छ नि ! सजिलो छ उपाय ।
त्यसबेला अरुकै लागि
के देश बाटो लाग्न लागेको हो साँच्चै ? तर, किन हो पत्यार नै लाग्दैन । यो मुलुक लामो समयदेखि स्वतन्त्र, स्वायत्त, स्वाधीन एवं सार्वभौम रहँदै आएको होइन र ? अझ स्वावलम्बी पनि थियो । काठमाडौँ खाल्डो लगभग त्यस्तै त्यस्तै बनेपा, धुलिखेल, पनौती, खोपासी पनि यहीँ हावापानी पचाउने जलवायु भएको भूगोल हो भन्ने लाग्छ । सडक यातायात नखुल्दादेखि नै पूर्वका यी बस्ती र पश्चिमका बट्टार, त्रिशुलीसमेतलाई ओत दिन्थ्यो काठमाडौँको खाल्डोले । उक्त ठाउँहरूको आवश्यकताभन्दा बढी उत्पादन बिक्री गर्ने र व्यवहार चलाउने माथि उल्लेख गरिएका ठाउँहरू नै आधार थिए । बिहा गर्नुप¥यो छोराछोरी, नाति–नातिनीको छोरापट्टि वा छोरीपट्टिका के त्यतै केटी वा केटा खोज्न जान्थे । बिहे बटुलो त्यतै हुनेगथ्र्यो । म आफै पनि एउटा विवाह गर्न पश्चिम धादिङ त्रिशुलीपारि कल्लेरी गाउँ गएको छु । त्यो पनि ७५ वर्ष पहिले । त्यो बेला यहाँबाट हिँडेरै जानुपर्ने । विकल्प केही थिएन । मनकामना जाँदा हिँडेरै जाने । आम चलन नै पैदल । ब्रिटिश सरकार भारत नपसेको भए भारतमा कहिले आउँथ्यो रेल्वे सेवा, सडक, बिजुली कसले भन्नसक्छ र ? भारतमा अङ्ग्रेज नपसेको भए नेपालमा न सडक हुन्थ्यो न त हुन्थ्यो रेल्वे र अरुहरू । नेपाल गभर्मेन्ट रेल्वे रक्सौल अमलेखगञ्ज सरकारी रेल र जयनगर विजयपुरा रेल सेवा । यदि नेपालमा तराईमा घना जङ्गल त्यो पनि सखुवाका ठूला रुख नभएका भएर भारतलाई ती रुख नचाहिएका भए कहाँ बन्थे र रेल्वे सेवा । हामीले हिजोका पूर्वाधारहरू हाम्रो खाँचोले भन्दा अरुको खाँचोले बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *