भर्खरै :

शिक्षकहरू इमानदार र कर्तव्यनिष्ठ हुनुपर्ने

शिक्षकहरू इमानदार र कर्तव्यनिष्ठ हुनुपर्ने

कैलाली, ९ फागुन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा सङ्घका सचिव तिलकप्रसाद गर्तौला शिक्षक सेवा आयोगको शिक्षक छनोट परीक्षामा प्रावि तहमा अछाम जिल्लाबाट सफल हुनुभएकोमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा खगेन्द्रबहादुर शाहीले बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल क्रान्तिकारी शिक्षक सङ्घ बौद्धिक संस्था हो, पार्टीको उद्देश्य पूरा गर्न शिक्षकहरूको ठूलो भूमिका हुन्छ भन्नुभयो ।
शिक्षकहरू इमानदार र कर्तव्यनिष्ठ हुनुपर्ने विचार पनि उहाँले राख्नुभयो ।
नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावल र पार्टीका जनवर्गीय सङ्गठनका सम्पूर्ण साथीहरू अध्ययनशील, लगनशीलसँगै व्यवहारिक बन्नुपर्ने सल्लाह दिनुभयो ।
विदेशीको प्रभावमा होइन आफ्नै बलबुत्ता वा विवेकले देश सञ्चालन गर्नुपर्ने विचार पनि उहाँले राख्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामीले आफू लामो समयसम्म शिक्षण पेसामा लागेको अनुभव बताउनुभयो । उहाँले किसान र मजदुरको सरकार स्थापनाको लागि शिक्षकहरू निरन्तर लागिरहनुपर्छ भन्नुभयो ।
गुप्तबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा कैलाली सदस्य ज्योति बडुवाल, नेक्राकिसङ्घ कैलाली अध्यक्ष गजबहादुर दर्लामी, नेमकिपा कैलाली कोषाध्यक्ष जानकी सिजापति, नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेम बडुवाल,नेक्राविसङ्घ कैलाली अध्यक्ष हिक्मत भण्डारी र नेक्राशिसङ्घ कैलाली उपाध्यक्ष रत्ना रावलले बोल्नुभएको थियो । कार्यक्रममा आयोजक समितिका सहसचिव तिलक सिजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *