जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
दैलेख, ९ फागुन । नेपाल मजदुर किसान पार्टी, आठबीस नगरपालिका वडा नं. १ को वडा सम्मेलन सात्तालामा सम्पन्न भयो । सम्मेलनमा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेपालको राजनीतिमा नेमकिपाले देश र जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो ।
सत्तासीन दलका नेताहरू व्यक्तिगत तथा सत्ता स्वार्थ पूरा गर्न लागिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भारतीय एकाधिकार पुँजीले आफ्नो स्वार्थ पूरा गर्न राष्ट्रिय सहमतिको सरकारको बहाना गरिरहेको बताउनुभयो ।
नेमकिपाले कुनै पनि अभियुक्तहरूलाई निर्वाचनमा भाग लिन नपाउने व्यवस्था मिलाउन सरकार र निर्वाचन आयोगलाई अनुरोध गरेको प्रस्ट पार्नुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका सदस्य निरकबहादुर शाहीले पुँजीवादी सरकारले किसानहरूको पक्षमा काम गर्न नसक्ने हुँदा समाजवादी व्यवस्था स्थापनाका लागि सबै किसान राजनीतिकरूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेखका सदस्य सौरे कामी, नेमकिपा आठबीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवाल, नेक्राशिसङ्घ आठबीस नगर समितिका उपाध्यक्ष मानबहादुर सिजापति, नेक्रामहिलासङ्घका प्रतिका सिजापति, चामुण्डा बिन्द्रासैनी नगरपालिका कार्यपालिका सदस्य मनबहादुर बिकले पनि बोल्नुभएके थियो ।
सम्मेलन तयारी समितिका संयोजक मोतिराम विकको अध्यक्षतामा सम्पन्न सम्मेलनमा विनोद विकले पनि बोल्नुभएको थियो । सम्मेलनमा नेपाल सांस्कृतिक सङ्घको विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहेको छ ।
Leave a Reply