भर्खरै :

लिशा स्कूलमा नाक, कान, घाँटी र आँखा शिविर

लिशा स्कूलमा नाक, कान, घाँटी र आँखा शिविर

भक्तपुर, १० फागुन । लिशा इङ्गलिस सेकेन्डरी स्कूलको आयोजनामा लायन्स आँखा तथा मधुमेह सेवा केन्द्रको समन्वयमा बुधबार स्कूलकै प्राङ्गणमा आँखा, कान, नाक र घाँटीको शविर सम्पन्न भयो ।
वीपी नेत्र प्रतिष्ठान बाल आँखा, कान, नाक, घाँटी, अस्पताल एवं पुनःस्थापना सेवा तथा भक्तपुर सामुदायिक आँखा अस्पतालको प्राविधिक सेवामा सञ्चालित सो बृहत् स्वास्थ्य शिविरमा ४०९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
स्कूल प्रशासनबाट प्राप्त जानकारीअनुसार उक्त स्वास्थ्य शिविरमा २३६ जना महिला र १७३ जना पुरूषले स्वास्थ्य परीक्षण गराएका थिए । यसमध्ये नाकको ६४, कानेको ११६, घाँटीको ८५ जना र आँखाको ३१४ जना बिरामी रहेका छन् । नाक, कान, घाँटीसम्बन्धी ११ जना बिरामीको बीपी नेत्र प्रतिष्ठानमा थप परीक्षण हुने र सयजनाभन्दा बढी आँखा रोगीहरूको सामुदायिक आँखा केन्द्रमा थप परीक्षण हुने आयोजकले जनाएको छ ।
स्वास्थ्य शिविरमा विद्यालयका प्ले ग्रुपदेखि १० कक्षासम्मका विद्यार्थी र अभिभावकहरूले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको थियो । शिविरमा बिरामीहरूलाई आवश्यकताअनुसार औषधि निःशुल्क वितरण गरिएको थियो । थप जाँच गर्नुपर्ने बिरामीहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था हुने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *