भर्खरै :

भक्तपुर बारमा कानुन अध्ययन समाजको प्यानल मनोनयन दर्ता

भक्तपुर बारमा कानुन अध्ययन समाजको प्यानल मनोनयन दर्ता

भक्तपुर, ९ फागुन । भक्तपुर जिल्ला अदालत, बार एशोसिएसन कार्यसमिति र केन्द्रीय पार्षद्को यही फागुन २० गते हुने निर्वाचनका लागि मङ्गलबार कानुन अध्ययन समाज नेपाल, भक्तपुरका तर्फबाट अध्यक्षमा राजु कैतीसहित प्यानल नै मनोनयन पत्र दर्ता भयो ।
भक्तपुर बारले विगतका वर्षदेखि गर्दै आएको निषेधको राजनीतिको अन्त्य, भ्रष्टाचारको अन्त्य, खुला र स्वैच्छिक सदस्यता वितरण नगरेको विरुद्ध तथा कानुन व्यवसायीहरूको हक हितको पक्षमा आवाज बुलन्द गर्दै बारमा उम्मेदवारी दिएको अध्यक्षका दावेदार उम्मेदवार राजु कैतीले बताउनुभयो ।
कानुन अध्ययन समाजको तर्फबाट उम्मेदवारी दिनेहरूमा उपाध्यक्षमा शिवराम बोहजु, सचिवमा गम्भीरमान ज्याख्व, कोषाध्यक्षमा मनज ज्याख्व, सदस्यहरूमा सुन्दर राजचल, न्हुछेराम सिबन्जार, प्रेम प्रजापति, लक्ष्मीप्रसाद दुवाल, बाबुकाजी गाईजु रहनुभएको छ भने केन्द्रीय पार्षद् सदस्यमा महेन्द्र खायमली र राधेश्याम सुवाल रहेको समाजका अध्यक्ष कैतीले जानकारी दिनुभयो ।
यसपटकको अधिवेशनमा अध्यक्षमा ४ जना, उपाध्यक्षमा ३ जना, सचिवमा ३ जना, सहसचिवमा २ जना, कोषाध्यक्षमा २ जना, महिला सदस्यमा २ जना, सदस्यमा १७ जना र केन्द्रीय पार्षद्मा १९ जनाबिच निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशङ्कर तिमिलाद्वारा प्रेषित उम्मेदवारहरूको प्रथम नामावली प्रकाशनमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *