निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
पोखरा, ६ असोज (रासस) ः कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले राष्ट्रपति, उपराष्ट्रपति, संघीय र प्रादेशिक निर्वाचनका लागि आवश्यक कानून समयमै निर्माण गरिने बताउनुभएको छ ।
उज्यालो प्रतिष्ठान कास्की नेपालको सहयोगमा दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुले शुरु गरेको उज्यालो बजारको आज यहाँ उद्घाटन गर्दै उहाँले तोकिएको समयमा निर्वाचन गरेर संविधानको कार्यान्वयनमा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो ।
अर्काे प्रसङ्गमा उहाँले दृष्टिविहीनमा अन्तरदृष्टि सक्षम र बलियो हुने भएकाले उनीहरूले सञ्चालन गरेको व्यवसाय उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै भन्नुभयो “उनीहरूको व्यापार व्यवसाय प्रवद्र्धनका लागि सबैको सहयोग अपरिहार्य रहन्छ ।”
कार्यक्रममा लायन्स ३२५ डिष्ट्रिक गभर्नर धनराज आचार्यले उज्यालो प्रतिष्ठानले समाजका दृष्टिविहीन र अपाङ्गता भएकालाई स्वरोजगार सिर्जना गरेको बताउँदै संस्थाको सहयोगार्थ रु दुई लाख सहयोग गरिने घोषणा गर्नुभयो ।
सरकारको युवा स्वरोजगार कार्यक्रममार्पmत विभिन्न समयमा तालीमप्राप्त २० दृष्टिविहीन र एक अपाङ्गता भएकाबाट नमुनाका रुपमा सञ्चालित उज्यालो बजार सञ्चालनका लागि हालसम्म बजारमा रु ६८ लाख लगानी भइसकेको उज्यालो प्रतिष्ठानका अध्यक्ष पार्वती शर्माले जानकारी दिनुभयो ।
Leave a Reply