भर्खरै :

ट्रम्प मानसिक रोगी–किम जोङ उन

प्रजग कोरियाका नेता किम जोङ उनले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘मानसिक रोगी’ भएको बताएका छन् । किमले प्रजग कोरियाविरुद्ध हालै दिएको धम्कीवापत ट्रम्पले मूल्य चुकाउनु पर्ने विचार व्यक्त गरे ।
मुस्किलले मात्र कुनै सार्वजनिक अभिव्यक्ति दिने गरेका किमले शुक्रबार ट्रम्प ‘कुनै देशको सर्वोच्च कमाण्ड सम्हाल्न अयोग्य’ भएको भन्दै राष्ट्रपतिलाई ‘आगोसँग खेल्न रुचाउने बदमास गुण्डानायक’ को संज्ञा दिए ।
प्रजग कोरियाका विदेशमन्त्रीले संरा अमेरिकाविरुद्ध ‘उच्च तह’ को कार्यबाही गर्ने किमको घोषणा सफल बनाउन प्रजग कोरियाले प्रशान्त महासागरमा हाइड्रोजन बम परीक्षण गर्ने योजना रहेको सार्वजनिक गरेको केही घण्टामा नेता किमले यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रजग कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले किमको सम्बोधन प्रशारण गरेको थियो । ट्रम्पले गएको मंगलबार संरा संघको महासभामा दिएको भाषणको खण्डनमा किमले सो भाषण गरेका थिए ।
ट्रम्पले यदि संरा अमेरिका र उसका पक्षधर देशहरुमा हमला गरे प्रजग कोरियालाई पूर्ण रुपमा ध्वस्त बनाइदिने भनेका थिए । उनले किमलाई रकेट म्यान भनी व्यंग्य समेत गरेका थिए । उनले किम आत्मघाती मिसनमा लागेको भनेका थिए ।

‘संसारसामु आज ट्रम्पले मेरो र मेरो देशको बेइज्जत गरेका छन् । हामीले यो कुरालाई गम्भीरतापूर्वक लिएका छौं र इतिहासकै सबभन्दा उच्च तहमा त्यसको प्रतिक्रिया दिनेछौं’,

प्रजग कोरियाले आफूलाई संरा अमेरिकी हमलाबाट जोगाउन आणविक हतियार बनाउनु परेको बताउँदै आएको छ । प्रजग कोरियाले सेनालाई नै पहिलो स्थानमा राख्ने सोन्गुन नीतिलाई आफ्नो राज्य नीति बनाएको छ ।
प्रजग कोरियाले संरा अमेरिकाको मूलभूमिलाई आफ्नो निशाना भएको बताउँदै आएको छ र हालैका हप्ताहरुमा आफ्ना आणविक शक्ति प्रदर्शन पनि गर्दै आएको छ ।
किमले राष्ट्र संघमा ट्रम्पले दिएको भाषणलाई मानसिक रुपमा समस्याग्रस्त व्यवहार र इतिहासमा सबभन्दा खतरनाक युद्धको घोषणाको संज्ञा दिएका छन् ।
उनले ट्रम्पको भाषणले आफूले चुनेको बाटो सही भएको प्रमाणित गरेको र त्यो बाटोमा आफू अन्तिम दमसम्म लागिरहने घोषणा समेत गरे ।
किमले आफूले ट्रम्पलाई कसरी प्रतिक्रिया दिने भन्ने विषयमा गम्भीर रुपमा सोचिरहेको र ट्रम्पले सोचेभन्दा परको परिणाम आउने बताए ।
प्रजग कोरियाको सन्दर्भमा यसप्रकार प्रमुख नेताकै नाममा यसप्रकारको प्रतिक्रिया आउनु स्वभाविक होइन ।
‘संसारसामु आज ट्रम्पले मेरो र मेरो देशको बेइज्जत गरेका छन् । हामीले यो कुरालाई गम्भीरतापूर्वक लिएका छौं र इतिहासकै सबभन्दा उच्च तहमा त्यसको प्रतिक्रिया दिनेछौं’, किमले भने ।
-अल्जजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *