रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
भक्तपुर १३, फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ चानपा ५, छालिङ एकाइ समितिको आयोजनामा शनिबार युवा भेला सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेपाल मजदुर किसान पार्टीको समाजवाद हुँदै साम्यवादमा पुग्ने दीर्घकालीन लक्ष्य प्राप्त गर्न युवाहरू क्रियाशील हुनु जरुरी रहेको बताउनुभयो ।
उहाँले युवाहरू सैद्धान्तिकरूपले परिपक्व भई राजनीतिमा नआएसम्म समाज अगाडि नबढ्ने उल्लेख गर्दै सामाजिक व्यवहारमा पनि युवाहरू जनतासँग भिज्दै सांस्कृतिक रूपान्तरणको निम्ति लाग्नु जरुरी रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी चानपा ५, छालिङका अध्यक्ष रत्नबहादुर ह्यौँमिखाले नेपाल क्रान्तिकारी युवा सङ्घको विधान राम्रोसँग अध्ययन गरेर सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले सार्वभौमिकता रक्षाको निम्ति युवाहरू सङ्घर्षशील रहनुपर्नेमा जोड दिनुभयो ।
उक्त भेलाबाट के. फोजूको अध्यक्षतामा २१ सदस्यीय नेपाल क्रान्तिकारी युवा सङ्घ पुनःगठन भयो ।
Leave a Reply