भर्खरै :

महिला अघि नबढेसम्म समाज परिवर्तन नहुने

महिला अघि नबढेसम्म समाज परिवर्तन नहुने

भक्तपुर, १४ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यमढी एकाइ समितिको आयोजनामा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतबार स्थानीय अग्रज महिला भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिला अघि नबढेसम्म समाज परिवर्तन नहुने धारणा राख्दै आरक्षण होइन समानताको लागि अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तुलनात्मकरूपमा पछिल्लो समयमा नागरिकमा राजनीतिक सचेतनाको अभाव देखिएकोले सिक्नको लागि उमेरले छेक्दैन, सक्नेले पढ्ने र नसक्ने सुने तथा मेहनतगरी निरन्तर सिकाइमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका सदस्य कमलमाया सुवालले नयाँ र पुरानो पुस्ताबिच समन्वय गराउन यस्तो कार्यक्रम निरन्तर हुनुपर्ने र नयाँ पुस्तालाई देशमै काम गर्न हौसला र वातावरण दिनुपर्नेमा जोड दिनुभयो ।
भनपा –९ वडा पार्टी समितिका सदस्य काशिलाल प्रजापतिले महिलाहरूमा भहरहेको श्रम शोषणप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
आयोजक समितिका रामेश्वरी कोजूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छोरीमैया सुजखू र तीर्थलक्ष्मी धन्छाले पनि बोल्नुभएको थियो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *