रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
भक्तपुर, १४ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरमा अवस्थित सामुदायिक विद्यालयहरूको आइतबार स्थलगत निरीक्षण गर्नुभयो ।
सोही क्रममा उहाँले भक्तपुरको थथुबहीस्थित ज्ञानविजय आधारभूत विद्यालय, भार्वाचोस्थित उदय आधारभूत विद्यालय, बाराहीस्थानको सुस्त मनस्थिति कल्याण विद्यालय, शारदा आधारभूत विद्यालय, जनसेवा आधारभूत विद्यालय र तारा माध्यमिक विद्यालय गरी ६ वटा सामुदायिक विद्यालयहरूको निरीक्षण गर्नुभएको थियोे ।
निरीक्षणको क्रममा नगर प्रमुख प्रजापतिले विद्यालयका प्रधानाध्यापकहरूसँग भेटेर विद्यालय समयमा शिक्षकहरू उपस्थित भए÷नभएको, समयमा हाजिरी गरेको÷नगरेको, विद्यार्थी सङ्ख्या, विद्यालयको भौतिक अवस्था, कक्षाकोठा व्यवस्थापन, विद्यालयको सरसफाइ आदिबारे जानकारी लिनुभयो ।
प्रमुख प्रजापतिले शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राख्दै भक्तपुर नपाले यहाँका सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्न र राम्रो शैक्षिक वातावरण निर्माणको लागि आर्थिक तथा भौतिक सहयोगलाई निरन्तरता दिँदै आएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापकहरूले कक्षाकोठाको अभाव, शिक्षक पदपूर्ति शीघ्र गर्नुपर्ने, जग्गा अभाव र भौतिक संरचनाको लागि आर्थिक अभाव भएको जानकारी गराउनुभयो ।
निरीक्षणको क्रममा भक्तपुरका सामुदायिक विद्यालयहरूमा अधिकांश उपत्यका बाहिरका मकवानपुर, कैलाली, सुनसरी, मुगु, रामेछाप, प्युठान, इलाम, रुकुम, काभ्रेपलाञ्चोक, खोटाङ, रोल्पालगायतका जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको पाइएको छ ।
विद्यालय निरीक्षणको क्रममा नगर शिक्षा शाखा भक्तपुरका कृष्णप्रसाद कर्माचार्यको पनि उपस्थिति थियो ।
Leave a Reply