सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
जन गणतन्त्र चीनको मानार्थ राष्ट्रपति र राष्ट्रिय जन कङ्ग्रेसको कार्य समितिका उपाध्यक्ष सूङ चिङ लिङको चिनियाँ पद्धतिअनुसार ९० वर्षको उमेरमा सन् १९८१ मे २९ मा मृत्यु भयो । उहाँ महान् राष्ट्रवादी, प्रजातन्त्रवादी, अन्तराष्ट्रवादी र कम्युनिस्ट योद्धाको रूपमा संसारभरि चिनिनुहुन्थ्यो ।
सनयात सेनको सहयोद्धा :
सूङ चिङ लिङ सन् १८९३ जनवरी २७ मा साङ्घाईमा जन्मनुभएको थियो । उहाँको परिवार ग्वाङदुङ प्रान्तको हेनान टापुमा पर्ने वेनचाङ काउन्टीबाट त्यहाँ बसाइँ सरेर आएको थियो । उहाँले प्रारम्भिक शिक्षा साङघाईको मेकटायरी कन्या स्कूलमा प्राप्त गर्नुभयो र १५ वर्षको उमेरमा जर्जियाको वेस्लेयान कलेजमा अध्ययन गर्नको लागि उहाँ संयुक्त राज्यमा जानुभयो जहाँ उहाँले १९१३ मा कलामा स्नातकको उपाधि हासिल गर्नुभयो । त्यहाँ उहाँले नयाँ झन्डा प्राप्त गर्नुभयो जुन उहाँको बुबाले १९११ को क्रान्तिको सफलतापछि पठाउनुभएको थियो । गणतन्त्रको स्वागतार्थ उहाँले क्वीङ सत्ताको ड्रागन झन्डालाई तत्काल फाल्नुभयो । उहाँले पछिल्लो वर्षमा चीनको १९११ को क्रान्तिको स्वागत गरी कलेज पत्रिकाको लागि ‘बीसौँ शताब्दीको महान् घटना’ शीर्षकमा एउटा लेख लेख्नुभयो । सो लेखमा भनिएको थियो कि १९११ को क्रान्तिले चालीस करोड जनतालाई राजतन्त्रीय दासताबाट मुक्त गरायो जुन राजतन्त्रमा जीवन, स्वतन्त्रता र खुसीहरू वर्जित थिए । १९१३ मा चीन फर्केपछि उहाँ चिनियाँ क्रान्तिका महान् वाहक डा. सनयात सेनको सेक्रेटरीको रूपमा काम गर्न थाल्नुभयो । यसरी उहाँले क्रान्तिकारी जीवनयात्रा सुरु गर्नुभयो ।
२५ अक्टोबर १९१५ मा उहाँले डा. सनयात सेनसँग विवाह गर्नुभयो । पछिल्लो वर्ष उहाँहरूले क्रान्तिकारी लक्ष्य प्राप्तिको लागि साङ्घाईदेखि क्यान्टनसम्मको यात्रा सम्पन्न गर्नुभयो । १९१९ को मे चार आन्दोलनमा उहाँले पेचिङमा गिरफ्तार विद्यार्थीहरूलाई सहयोग गर्न कडा परिश्रम गर्नुभयो ।
१९२१ मेमा डा. सनयात सेनले गणतन्त्र चीनको असाधारण राष्ट्रपतिको रूपमा कार्य सुरु गर्नुभयो । ६ जून १९२२ को बिहानै युद्धसरदार चेन निङमिङ क्रान्तिको विरुद्धमा लाग्यो र राष्ट्रपतिको कार्यालयलाई घेराबन्दी गरी बमबारी सुरु ग¥यो । सूङ चिङ लिङले डा. सनयात सेनलाई तत्काल भवन छाड्न लगाउनुभयो । तर, आफू भने बिहानको ८ नबज्दासम्म सो ठाउँ छाड्नुभएन । दुईजना अङ्गरक्षक र एकजना सहायकको सहायतामा घेरा तोडी साँझसम्ममा सुरक्षित ठाउँमा पुग्नुभयो । त्यसबेला उहाँ ज्यादै थकित हुनुहुन्थ्यो र उहाँको स्वास्थ्य ज्यादै बिग्रिएको थियो ।
१९२२ मा डा. सनयात सेनले साङ्घाईमा क्वोमिन्ताङ नेतृत्वको जाँचपडताल गरी पुनर्गठन गर्नुभयो । डा. सनयात सेन र चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिहरूबिच आपसी सहयोग स्थापित गराउन र लेनिनले पठाउनुभएको विशेष सन्देश वाहकसँगको कुराकानीमा सूङ चिङ लिङले प्रभावकारी भूमिका निर्वाह गर्नुभयो ।
१९२३ मा सनयात सेनप्रति बफादार सैनिकहरूले चेन जिङमिङलाई ग्वाङदुङबाट लखेटे र डा. सन र सूङ चिङ लिङ सो सहरमा फर्कनुभयो जहाँ उहाँहरूले क्वोमिन्ताङ पार्टीको शुद्धीकरण कार्यलाई अघि बढाउनुभयो ।
१९२४ मा सम्पन्न क्वोमिन्ताङको पहिलो राष्ट्रिय कङ्ग्रेसमा सनयात सेनले प्रस्तावित गर्नुभएको तीन मुख्य नीतिहरू (सोभियत सङ्घसँगको सहकार्य, चिनियाँ कम्युनिस्ट पार्टीसँगको आपसी सहयोग र किसान तथा मजदुरहरूलाई सहयोग गर्ने) लाई प्रवद्र्धन गर्न सहयोग गर्नुभयो । कङ्ग्रेसको घोषणापत्रमा ती कुराहरूलाई तीन जन सिद्धान्तहरू भनी उल्लेख गरियो जुन पछि गएर नयाँ तीन जन सिद्धान्तहरू भनी प्रख्यात भयो ।

१९२४ को नोभेम्बरमा चीनको पुनः एकीकरण र पुनर्संरचनामा देखापरेका समस्या समाधान गर्न सैनिक तथा राजनैतिक नेताहरूको आमन्त्रणमा पेचिङदेखि उत्तरतर्फको यात्रामा सूङ चिङ लिङले आफ्नो श्रीमान्लाई साथ दिनुभयो । १२ मार्च १९२५ मा बेजिङमा डा. सनयात सेनको मृत्यु भयो । उहाँको मृत्युपछि सूङ चिङ लिङले डा. सनयात सेनको राजनैतिक इच्छा (चाहना) लाई चीन र विश्वसामु परिचित गराउनुभयो र उहाँले आफूलाई चिनियाँ जनताको महान् क्रान्तिप्रति समर्पित गर्नुभयो ।
तीन नीतिहरूको उठान :
१९२५ मा साङ्घाईमा घटेको मे ३० को घटनापछि सूङ चिङ लिङले एउटा प्रेस वक्तव्य प्रकाशित गरी सुन चिङ लिङले दुई शक्तिहरू ब्रिटेन र जापानको क्रूरताको तीव्र विरोध गर्दै एउटा प्रेस वक्तव्य निकाल्नुभयो । उहाँले सो घटनालाई चिनियाँ जनताको क्रान्तिकारी भावनाको दमनको रूपमा लिनुभयो र एकताबद्ध भएर ब्रिटिस पुलिसको हिंसाको प्रतिरोध गरी देशलाई बचाउन चिनियाँ जनतालाई काँधमा काँध मिलाउन प्रोत्साहित गर्नुभयो ।
१९२६को जनवरीमा सम्पन्न क्वोमिन्ताङको दोस्रो राष्ट्रिय कङ्ग्रेसमा सूङ चिङ लिङले डा. सनयात सेनको तीन मुख्य नीतिहरूलाई द¥होसँग उठाउनुभयो र क्वोमिन्ताङ भित्रका दक्षिणपन्थीहरूविरुद्धको सङ्घर्षमा कम्युनिस्ट पार्टीसँग घनिष्टरूपमा मिलेर काम गर्नुभयो । कङ्ग्रेसमा उहाँ कार्य समितिको सदस्यको रूपमा निर्वाचित हुनुभयो । सोही वर्षको नोभेम्बरमा उत्तरी सेनाले मध्य चीनको उहान कब्जा गरेर ग्वाङदुङको राष्ट्रिय सरकार त्यहाँ सर्ने तयारी गर्यो । त्यसकारण, सूङ चिङ लिङ उहान जानुभयो र संयुक्त समितिको सदस्यता वितरण कार्यमा लाग्नुभयो जुन क्वोमिन्ताङको कार्य समिति र राष्ट्रिय सरकारको सदस्यहरूबाट बनाइएको थियो । डिसेम्बर १३ मा उहानमा सो संयुक्त समितिको बैठक बस्यो ।
१९२७ को पहिलो ६ महिना होपे प्रान्तमा उहाँले राजनैतिक प्रशिक्षणको महिला इन्स्टिच्युट सञ्चालन गर्नुभयो । क्वोमिन्ताङ पार्टीको दक्षिणपन्थी धारको नेता च्याङ काई शेकले सोही वर्षको अप्रिल १२ मा साङ्घाईमा प्रतिक्रान्तिकारी राज्य विप्लव ग¥यो । सूङ चिङ लिङ र क्वोमिन्ताङ पार्टीका अन्य थुप्रै सदस्यहरूसहित माओ त्सेतुङ, डोङ विऊ, युआन डियाङ, लिन वो– कु, उ युझाङ र अन्य चिनियाँ कम्युनिस्टहरूले च्याङकाई शेकको भत्र्सना गरी खुलापत्र प्रकाशित गरे । १९२७ जुलाई १४ मा वाङ जिङ वेइको नेतृत्वमा क्वोमिन्ताङ सरकारले खुल्लारूपमा क्रान्तिप्रति विश्वासघात गरेको वर्ष दिन पुगेको अवसरमा सूङ चिङ लिङले एउटा वक्तव्य प्रकाशित गर्नुभयो जसमा उहाँले घोषण गर्नुभयो, “क्वोमिन्ताङको कार्य समितिका केही सदस्यहरूले सनयात सेनको विचार र आदर्शहरूको विरुद्ध काम गरेका छन् ।” त्यसकारण, क्वोमिन्ताङको नयाँ नीतिहरू लागू गराउने कार्यमा उहाँले भाग नलिने कुरा सार्वजनिक गर्नुभयो । क्रान्ति ज्यादै सङ्कटमा परेको भए तापनि उहाँले निर्धक्कसाथ भन्नभयो, “सनयात सेनको तीन जन नीतिहरू सफल भएरै छाड्छ, चीनमा क्रान्तिलाई कसैले रोक्न ुसक्दैन । मेरो विमति बाटोको बारेमा मात्र हो जुन बाटो भएर केही साथीहरूले क्रान्तिलाई कुमार्गतर्फ डो¥याएका छन् ।”
१ अगस्त, १९२७ मा माओ त्सेतुङ, सूङ चिङ लिङ र अन्य २० जनाले च्याङकाई शेक र वाङ जिङवेइले गरेका गद्धारीहरूको पर्दाफास गरी एउटा घोषणापत्र जारी गर्नुभयो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले सुरु गरेको नानछाङ सशस्त्र विद्रोहको सोही दिन समर्थन गर्नुभयो । विद्रोहको समयमा उहाँ नानछाङमा नभए तापनि चाउ एन लाई र अन्य २४ जनाको एउटा क्रान्तिकारी समितिको गठन गर्यो जसले सूङ चिङ लिङलाई सात सदस्यीय अध्यक्ष मण्डलमा चयन ग¥यो ।
सूङ चिङ लिङ चिनियाँ क्रान्तिको लागि अगस्तको अन्ततिर मस्को जानुभयो । मस्को प्रस्थान गर्नु अघि उहाँले फेरि एउटा वक्तव्य जारी गर्नुभयो जसमा सनयात सेनको तीन मुख्य नीतिहरूको व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “क्वोमिन्ताङको नक्कली नेताले नेतृत्व गरेको प्रतिक्रियावादी शक्तिले क्रान्तिप्रति गरेको विश्वासघातले तीन मुख्य नीतिहरू खतरामा परेका छन् ।” “तिनीहरूले जनतालाई पहिले जस्तै गरी शासन गर्न लागेकाले असफल हुन लागेका छन् ।” सनयात सेनको राजकीय अन्त्येष्टिमा भाग लिन उहाँ बर्लिनको बाटो भएर १९२९ को मेमा चीन फर्कनुभयो । चीन पुनरागमनको अवसरमा उहाँले एउटा वक्तव्य निकाल्नुभयो, “क्वोमिन्ताङका नीतिहरू डा. सनयात सेनको आधारभूत नीतिहरूसँग मेल नखाँदासम्म क्वोमिन्ताङले गर्ने कुनै पनि कार्यमा म प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा भाग लिन सक्दिनँ ।”
साम्राज्यवाद र फासीवादको प्रतिद्वन्द्वी :
उहाँ १९२७ देखि १९२९ र १९३० देखि १९३१ सम्म सोभियत सङ्घ र युरोपमा बस्दाखेरि सूङ चिङ लिङले साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय आन्दोलनहरू र शान्तिको रक्षामा सक्रियरूपले भाग लिनुभयो । उहाँ १९२७ को डिसेम्बरमा बेल्जियममा र १९२९ को अगस्तमा जर्मनीमा सम्पन्न साम्राज्यवादविरोधी लिगको दुईवटा सम्मेलनहरूमा मानार्थ अध्यक्ष चुनिनुभयो । यसरी उहाँ विश्व फासीवादविरोधी आन्दोलनको प्रमुख नेतृको रूपमा स्थापित हुनुभयो ।
१९३१ मा चीन फर्केपछि उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको गृहयुद्ध अन्त्य गरी जापानविरोधी राष्ट्रिय संयुक्त मोर्चा गठन गर्ने प्रस्तावको पूर्ण समर्थन गर्नुभयो र च्याङ काई शेकको आत्मसमर्पणवादी नीतिको कडा विरोध गर्नुभयो । साङ्घाईमा १९ डिसेम्बर १९३१ मा प्रकाशित लेखमा उहाँले च्याङ काई शेकको क्वोमिन्ताङ सरकारको प्रतिक्रियावादीस्वरूप र आत्मसमर्पणवादी गतिविधिहरूको पर्दाफास गर्नुभयो । उहाँले लेख्नुभयो, “जनतामा आधारित र जनताको सेवा गर्ने क्रान्तिले मात्र युद्ध सरदारहरूको शक्तिलाई फाल्न सक्छ ।”
१९३२ को जनवरी २८ मा जापानी सैनिकले साङ्घाई कब्जा गन्यो र क्वोमिन्ताङको १९ औँ मार्ग सेनामाथि आक्रमण भयो । सूङ चिङ लिङले चन्दा उठाएर देशभक्त घाइते सैनिकहरूको उपचार गर्न ३ सय शøयाको अस्पताल सञ्चालन गर्नुभयो । त्यसबेला उहाँले संवाददाताहरूसँग भन्नुभयो कि उहाँ जापानी अतिक्रमणकारीहरूविरुद्ध अन्तसम्म लड्नु हुनेछ । उहाँले घोषणा गर्नुभयो कि अस्पताल सञ्चालन गर्नु भनेको १९ औँ मार्ग सेनाका क्रान्तिकारी योद्धाहरू, कठिन परिस्थितिहरूमा लडिरहेका साम्राज्यवादविरोधी सशस्त्र सेनालाई सम्मान गर्नु र धन्यवाद दिनु हो । सोही वर्षको डिसेम्बरमा लु सुन, काई युआनपेइ र याङ सिङकोसँग मिलेर उहाँले च्याङकाई सेकको फासीवादी आमहत्याको विरुद्ध जन अधिकारको लागि चिनियाँ लिगको गठन गर्नुभयो । लिगको कामबारे उहाँले भन्नुभयो, “कि त चीनमा क्रान्ति हुनेछ कि त साम्राज्यवादले जित्नेछ र चीनलाई तवाह पार्नेछन् । यसको कनै विकल्प छैन, चीनमा जनताको अन्तिम विजयप्रति म विश्वस्त छु । क्रान्तिले आफ्ना अधिकार स्थापित गर्नेछ, चीनको एकता, स्वतन्त्रता स्थापित गर्नेछ । जन अधिकारसम्बन्धी चिनियाँ लिगबारे मेरो धारणा यो छ कि यो लक्ष्यतर्फ जाने एउटा साधन हो ।” यस लिगले क्वोमिन्ताङ प्रतिक्रियावादीविरूद्ध सङ्घर्ष गरी थुप्रै कम्युनिस्ट र देशभक्त प्रजातान्त्रिक व्यक्तिहरूलाई सुरक्षा र उद्धार ग¥यो ।
१९३३ अप्रिल १ मा सूङ चिङ लिङले चिनियाँ जनताको नाममा एउटा वक्तव्य निकाल्नुभयो जसमा साम्राज्यवादको विरोध गर्ने, जापानी अतिक्रमणको प्रतिरोध गर्ने देशभक्तहरूलाई दुःख दिने र लुओ देङ सिआन, लियाओ चेनझी र चेन जेङ आदि कम्युनिस्टहरूलाई गिरफ्तार गर्ने च्याङकाई सेक सरकारको तीव्र आलोचना गरिएको थियो । च्याङ काइ सेक सरकारको तीव्र आलोचना गरिएको थियो । उहाँले गिरफ्तार भएका क्रान्तिकारीहरूको रक्षाको लागि सङ्घर्ष गर्न चिनियाँ जनतालाई आह्वान गर्नुभयो ।
१९३३ को मेमा साङ्घाईबाट प्रकाशित भएको ‘चिनियाँ श्रमिकहरू एक होऔँ’ शीर्षकको एउटा लेखमा सूङ चिङ लिङले औँल्याउनुभयो, “च्याङ काई सेक सरकारले चीनलाई एकीकरण गर्न सक्दैन, जापानी साम्राज्यवादविरुद्ध राष्ट्रिय क्रान्तिकारी युद्धमा उत्रेका चिनियाँ सशस्त्र जनतालाई नेतृत्व गर्न सक्दैन र किसानहरूलाई भूमि दिन पनि सक्दैन ।” उहाँले सम्पूर्ण देशवासीहरूलाई “एकताबद्ध हुन, सङ्गठित हुन र चीनको स्वतन्त्रता, एकीकरण र भौगोलिक अखण्डताको लागि सङ्घर्ष गर्न” आह्वान गर्नुभयो ।
सूङ चिङ लिङले १९३३ को सेप्टेम्बरमा साङ्घाईमा साम्राज्यवादविरोधी विश्व समितिको सुदूर पूर्व सम्मेलन सञ्चालन गर्नुभयो । उहाँले भन्नुभयो, “वर्तमान समयले नयाँ सामाजिक व्यवस्था समाजवादको जन्मको सङ्केत गर्छ, प्रतिक्रियावादी सैन्यबललाई क्रान्तिकारी सैन्यबलले मात्र पराजित गर्न सक्छ । हामीहरू साम्राज्यवादी युद्धको विरुद्धमा छाँै तर जनताले लडिरहेको राष्ट्रिय क्रान्तिकारी युद्धको पक्षमा छौँ ।”
साभार : विश्व प्रसिद्ध महिलाका जीवनी र कार्यहरू
Leave a Reply