स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण
- बैशाख ३१, २०८३
बाँके, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अबको राष्ट्रपतिले सीमा सुरक्षा गर्ने र सार्वभौमिकता रक्षा गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्ने भनाइ राख्नुभएको छ ।
सोमबार बिहान नेमकिपा, बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव सुवालले अबको राष्ट्रपतिले एमसीसी तथा एसपीपी सम्झौता खारेज गराउने प्रतिबद्धता जाहेर गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले कालापानीमा तैनाथ गरिएको भारतीय सेना फिर्ता गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने भनाइ राख्नुभयो ।
किसानको निम्ति रासायनिक मलको व्यवस्था नभएकोमा आपत्ति जनाउँदै सचिव सुवालले तेस्रो देशबाट ल्याइएको मल भारतले नाफा खाएर नेपाललाई पठाइँदा झन् महँगो भएको भनाइ राख्नुभयो ।
सम्पत्ति शुद्धीकरणको नाममा अवैध सम्पत्तिलाई वैध गराउन खोजेको भन्दै सचिव सुवालले अवैध धन राष्ट्रियकरण गर्नुपर्ने विचार राख्नुभयो ।
भ्रष्टाचारको केसमा सानो माछोमात्र परेको भन्दै उहाँले सिंहदरबार नै भ्रष्टाचारको अखडा भएको बताउनुभयो । अनैतिक पार्टीहरूले सिंहदरबार कब्जा गरेर बसेको भन्दै उहाँले सरकारमा गएर भ्रष्टाचार गर्ने कम्युनिस्ट नामका पार्टीहरू देशका कलङ्क हुन् भन्नुभयो ।
एक प्रश्नको उत्तरमा सचिव सुवालले केटाकेटीको लुगा ठूलो भएपछि ठीक हुन्न भनेजस्तै राजतन्त्र अहिले पुरानो भइसकेको धारणा राख्नुभयो ।
कार्यक्रमममा नेमकिपाका केन्द्रीय सदस्यहरू नन्दबहादुर शाही, सरोजराज गोसाई, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर र नेमकिपाका बाँके जिल्ला अध्यक्ष बखतबहादुर थापाको पनि उपस्थिति थियो ।
बाँके, १५ फागुन ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेका, एमाले, माओवादी, राजमो, मधेसवादी पार्टीलगायतले राजनीतिक इमानदारी नदेखाएको धारणा राख्नुभएको छ ।
नेमकिपा, बाँके जिल्ला समितिको आयोजनामा सोमबार सम्पन्न कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले जनतालाई शिक्षित नगरी भोजभतेर, पैसाको पोकोमा अलमल्याउने पार्टीहरूकै कारण देश पछाडि परेको तर्क गर्नुभयो । सङ्घीयताको विरोध गर्ने पार्टीले नै प्रदेशसहितको सङ्घीयताको समर्थन गरेको भन्दै उहाँले नेमकिपाले स्थानीय तहलाई विकेन्द्रीकरण र स्वायत्तता दिने हो भने सङ्घीयता आवश्यक छैन भनेको तर सङ्घीयताविरोधी पार्टी संविधान घोषणा हुनेबित्तिकै उपप्रधानमन्त्री पद खाएको विचार राख्नुभयो ।
राजमोले कहिले एमालेसँग त कहिले काङ्ग्रेससँग मिलेर चुनाव जितेको उल्लेख गर्दै सचिव सुवालले राजतन्त्र, हिन्दूराष्ट्र, सङ्घीयताको विरोध गर्ने भन्ने राप्रपासमेत सरकारको गठबन्धनमा गएको भनाइ राख्नुभयो ।
संविधानसभाबाट संविधान बनाउने नेकाको ००७ सालदेखिको माग भएको चर्चा गर्दै उहाँले संविधानमा कस्तो विषयवस्तु राख्ने भन्ने मुख्य कुरा थियो तर नयाँ संविधानमा नेपालको क्षेत्रफलसमेत उल्लेख गर्न नसकेको र चुच्चे नक्सासहितको क्षेत्रफल घोषणा गर्ने साहस गर्न नसकेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा जनतालाई चाहिने धेरै अधिकार अझै छैन ।”
गणतन्त्रको दाबी गर्ने प्रचण्डले दौरासुरुवालबाट भोट आउने सोच्नु हास्यास्पद रहेको विचार उहाँले व्यक्त गर्नुभयो । सचिव सुवालले घोषणापत्रको आधारमा मत लिनुपर्ने तर्क गर्दै संवैधानिक राजतन्त्र र पुँजीवादी गणतन्त्र काम गरी खाने जनताको निम्ति कुनै फरक पर्दैन भन्नुभयो । बैङ्कहरू पुँजीपतिवर्गको हातमा रहेको उल्लेख गर्दै उहाँले निजी बैङ्कले सस्तोमा जग्गा लिएर जनतालाई बेच्ने काम गरिरहेका छन् भन्नुभयो ।
नेमकिपाले समाजवादी गणतन्त्र खोजेको भन्दै सचिव सुवालले कम्युनिस्ट सदा कामदार वर्गको पक्षमा हुने तर नक्कली कम्युनिस्ट पार्टीले गलत काम गरिरहेको छ भन्नुभयो ।
जनताले सीमा रक्षा, एमसीसी खारेजी, गोर्खा भर्तीकेन्द्र बन्द गर्ने काम गर्छ गर्दैन भन्ने आधारमा कुनै पनि पार्टीको मूल्याङ्कन गर्नुपर्ने उहाँले बताउनुभयो ।
अपमानित भएर एमाले सरकारमा बसेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिपक्षीमा बस्नु भन्ने बित्तिकै सरकार छोड्नु पथ्र्यो भन्दै उहाँले प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको वर्तमान राजनैतिक परिस्थितिको विषयमा बौद्धिक छलफल नभएको बताउनुभयो ।
०६२÷०६३ को जनआन्दोलनपछि जन्मेका नयाँ पुस्ता आइसकेको उल्लेख गर्दै तिनीहरूलाई देशको सार्वभौमिकता र जनअधिकारको विगतमा भएका अन्दोलनहरूको विषयमा जानकारी दिँदै सङ्घर्षशील बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी गणतन्त्रमा गरिब जनताको हितमा ऐन कानुन नबन्ने उल्लेख गर्दै कामदार जनताको नेतृत्वमा समाजवादी व्यवस्था स्थापना नभएसम्म शिक्षा र स्वास्थ्य निःशुल्क नहुने र व्यक्तित्व विकासमा समान अवसर प्राप्त नहुने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको चर्चा गर्दै समाजवादी व्यवस्था स्थापनासंगै कामदार महिलाहरूको मुक्ति हुने प्रस्ट पार्नुभयो । उहाँले यही चैत २४ र २५ गते चितवनमा हुने सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको तयारीबारे अवगत गराउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा बाँके जिल्ला समितिका अध्यक्ष बखत थापाले सङ्घर्षको निरन्तरता आवश्यकता हुन्छ भन्नुभयो । उहाँले जनतालाई विश्वास दिलाउनुपर्ने भन्दै नेमकिपाका कार्यकर्ताले शिर निहुराउनु नपरेको भनाइ राख्नुभयो ।
कार्यक्रममा नेमकिपा, बाँके जिल्ला समितिका सदस्य नवीन शाहीले पनि आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply