भर्खरै :

चाँगुमा यातायात सञ्चालनको निम्ति ख्वप भक्तपुर मिनिबस यातायात सकारात्मक

चाँगुमा यातायात सञ्चालनको निम्ति ख्वप भक्तपुर मिनिबस यातायात सकारात्मक

भक्तपुर १५, फागुन । नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष एवम् चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूको नेतृत्वमा चाँगु वडा नं ३ र ४ का स्थानीय जनताका प्रतिनिधिहरूको एक टोली सोमबार ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.को कार्यालयमा यातायात सञ्चालनसम्बन्धी छलफलको निम्ति पुग्यो ।
उक्त छलफलमा नेमकिपा भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजूले चाँगुनारायण नपाका विभिन्न वडाहरूमा यातायात सञ्चालन गरेर जनतालाई सुविधा दिन प्रालिलाई अनुरोध गर्दै यातायात सञ्चालनको क्रममा आइपर्ने समस्या समाधानको निम्ति सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
छलफलमा ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्र महर्जनले चाँगुका विभिन्न वडाहरूमा सडक स्तरोन्नति गर्न आवश्यक पहलकदमीको जरुरी रहेको औँल्याउँदै यातायात सञ्चालनको निम्ति प्रा.लि. सकारात्मक रहेको बताउनुभयो ।
उक्त बैठकमा आवश्यक प्रक्रिया पूरा गरेर हाल चानपा ४ को वडा कार्यालयदेखिगेलालगाउँ, न्यौपानेगाउँ, महांकाल चोक, ३ नं वडा कार्यालय, झौखेल–ब्यासी हुँदै काठमाडौँसम्म बस सञ्चालन गर्ने सहमति भएको बुझिएको छ ।
बैठकमा ख्वप भक्तपुर यातायात प्रालिका पूर्वअध्यक्ष रामकाजी भुजू, प्रबन्धक उमेश प्रधानलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *