सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
राष्ट्रको बचाऊ :
१९३४ मा जापानको प्रतिरोध गरी देश बचाउन चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको ६ बुँदे कार्यक्रमलाई सूङ चिङ लिङ र अन्य प्रजातन्त्रवादीहरूले हस्ताक्षर गरी प्रचारप्रसार गरे ।
१९३५ मा जापानी अतिक्रमणको वृद्धि सँगसँगै चिनियाँ जनताको जापानको प्रतिरोध गर्ने र देश बचाउने भावनामा पनि वृद्धि भयो । जापानविरोधी संयुक्त राष्ट्रिय मोर्चा निर्माण गर्न र जनताको प्रजातान्त्रिक अधिकारको रक्षा गर्न सूङ चिङ लिङले लगातार सङ्घर्ष गर्नुभयो ।
१९३५ को अगस्त १ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले जापानी अतिक्रमणको प्रतिरोध गर्नको लागि गृहयुद्धको अन्त गर्न सम्पूर्ण देशवासीहरू एक हुन आह्वान गर्दै एउटा घोषणापत्र जारी ग¥यो । सूङ चिङ, स्याङ निङ, ल्यु याजी, जिङ हेन इ, चेन सु रेन, यु यु रेन र सुन फोले त्यसको तत्कालै सकारात्मक प्रतिक्रिया जनाउनुभयो । १९२६ को मेमा शेन जुन रु, चु नाओ फेन र अन्य प्रजातन्त्रवादीहरूले साङ्घाईमा अखिल चीन राष्ट्रिय मुक्ति सङ्गठनको स्थापना गर्नुभयो । उनीहरूले गृहयुद्ध बन्द गर्न, राजनैतिक बन्दीहरूलाई मुक्त गर्न, लालसेनासँग शान्ति सम्झौता गर्न र जापानविरोधी संयुक्त सरकारको निर्माण गर्न क्वोमिन्ताङ सरकारसँग माग गरे । सूङ चिड लिङ सो सङ्गठनको कार्य समितिको एउटा सदस्य हुनुहुन्थ्यो । सोही वर्षको नोभेम्बरमा सो सङ्गठनका शेन जुन रु, चु ताओ फेन, लि गोङयु, शा छिङली, शी लि याङ, झाङ लाई क्वी र वाङ जाओ शीलाई क्वोमिन्ताङ सरकारले जब गिरफ्तार ग¥यो, सूङ चिङ लिङले ती सात जना प्रजातन्त्रवादीहरूको गिरफ्तारीको निन्दा गर्दै नोभेम्बर २६ मा एउटा वक्तव्य प्रकाशित गर्नुभयो । उहाँले घोषणा गर्नुभयो कि उक्त अवैधानिक गिरफ्तारी जापानी प्रभावको नतिजा हो र यसले “देशभक्त जनताको जापान विरोधी भावना र जापानीप्रतिको घृणालाई अझ बढाउनेछ ।” उहाँको विचार थियो कि ती देशभक्तहरूको गिरफ्तारी गराएकोमा क्वोमिन्ताङ सरकारको यस आपराधिक र अवैधानिक कार्यलाई सारा जनताले क्वोमिन्ताङ सरकारलाई माफी दिने छैनन् । प्रजातान्त्रिक आन्दोलनको यी सात जना योद्धाहरूको मुद्धाहरूको सुनुवाइको बेला उहाँ सुजुको उच्च न्यायालयमा जानुभयो र उनीहरूलाई जेल हालिएको विरोधमा आफूलाई पनि ‘देशभक्तिको अपराध’ मा जेल हाल्नुहोस् भन्नुभयो ।
क्वोमिन्ताङ जनरलहरू ज्याङ सुइ लिङ र याङ हु चेङ, जसले चीनले जापानी अतिक्रमणको प्रतिरोध गर्नुपर्छ भन्ने सोचाइ राख्दथे, च्याङ काइ शेकलाई १२ डिसेम्बर १९३६ मा प्रसिद्ध सिआन घटनामा गिरफ्तार गरे । सूङ चिङ लिङ जापानी अतिक्रमणलाई रोक्ने र गृहयुद्ध अन्त गर्ने सर्तमा च्याङकाइ सेकलाई छाड्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो ।
फेङ यु सियाङ, हे सियाङ निङ र अरूहरूसहित सूङ चिङ लिङले १९३७ को फेब्रुअरीमा सम्पन्न क्वोमिन्ताङ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकमा डा. सनयात सेनको तीन मुख्य सिद्धान्तहरू– सोभियत सङ्घसँगको गठबन्धन, चिनियाँ कम्युनिस्ट पार्टीसँगको आपसी सहयोग र किसान तथा मजदुरलाई सहयोग पुनस्र्थापित गर्नुपर्छ भनि प्रस्तावित गर्नुभयो । उहाँले बैठकमा एउटा भाषण गर्नुभयो, जसमा क्वोमिन्ताङ सरकारलाई गृहयुद्धको अन्त गर्न चिनियाँ भूभागको रक्षाको लागि कम्युनिस्ट पार्टीसहित सबै शक्तिहरूलाई परिचालन गर्न भन्नुभयो । सोही वर्षको नोभेम्बरमा जापानविरोधी राष्ट्रिय संयुक्त मोर्चाको गठनको समर्थनमा एउटा वक्तव्य निकाल्नुभयो ।
सूङ चिङ लिङले जून १९३८ मा चीन सुरक्षा लिगको गठन गर्नुभयो । जसले जापानविरोधी आन्दोलनलाई विदेशमा प्रचारप्रसार गर्ने र विश्वभरिबाट औषधिसहित अन्य सामान सङ्कलन गर्ने लक्ष्य राखेको थियो । घाइते सैनिकहरूलाई प्राथमिक उपचार पु¥याउन लिगले विदेशी साथीहरूको सहयोगमा टोलीहरू गठन ग¥यो र ती टोलीहरू आठौँ मार्ग सेना र नयाँ चौथो सेनाले निर्माण गरेको जापानविरोधी आधार क्षेत्रमा गए । क्यानेडियाली सर्जन डा. नर्मन बेथ्युनले नेतृत्व गरेको टोली तिनीहरूमध्ये एक थियो ।
१९४१ को वसन्तको दक्षिणी आन्हुइ घटनापछि सूङचिङ लिङ, हे स्याङ निङ र अरूहरूले “चिनियाँ कम्युनिस्ट पार्टीमाथि आक्रमण गर्न सेना प्रयोग गर्ने कार्य रोक्न” माग गर्दे एउटा संयुक्त वक्तव्य निकाले । डिसेम्बर १९४१ मा जापानी सैनिकले प्रशान्त महासागरिय युद्ध छेडेपछि सूङ चिङ लिङ हङकङबाट च्याङछीङ आइपुग्नुभयो । तत्कालै चीन सुरक्षा लिगको गतिविधिमा संलग्न हुनुभयो । यस अवधिमा उहाँले जापानी अतिक्रमणको प्रतिरोधमा चिनियाँ जनताको पक्षमा लडिरहेका जर्ज हयाटेम, एजनेस स्मीडली, एडगर स्नो, रेवी एली र अन्य विदेशी साथीहरूसँग मिलेर काम गर्नुभयो ।
नयाँ चीनको निर्माण :
जापानविरोधी युद्धमा विजयपश्चात् १९४५ मा सूङ चिङ लिङ साङ्घाईमा आउनुभयो । सोही वर्षको अन्ततिर उहाँले चीन कल्याणकारी कोषको स्थापना गर्नुभयो जुन युद्धको समयमा हङकङमा गठित चीन प्रतिरक्षा लिगको निरन्तरता थियो । यसले प्रगतिशील सङ्गठनहरू र प्रजातान्त्रिक शक्तिहरूको समर्थन गर्न जारी राख्यो र अत्यन्त कठिन अवस्थामा पनि श्रमिक वर्गको हित हुने कार्यहरू सम्पन्न ग¥यो । मुक्तियुद्धको अवधिमा उक्त कोषले चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनमुक्ति सेनालाई पार्टीको नेतृत्वमा भौतिक सहायता उपलब्ध गरायो । अमेरिकी साम्राज्यवादको सहयोगमा च्याङकाई सेकले कम्युनिस्टविरोधी अलोकप्रिय गृहयुद्ध जारी राखेको अवस्थामा सूङ चिङ लिङले २३ जुलाई १९४६ मा साङ्घाईमा एउटा वक्तव्य निकाली संयुक्त सरकारको गठन गर्न माग गर्नुभयो र क्वोमिन्ताङलाई सैन्य सहायता गर्नबाट अमेरिकी सरकारलाई रोक्न अमेरिकी जनतालाई आह्वान गर्नुभयो । यस वक्तव्यले विश्वभरि ठूलो प्रभाव पा¥यो ।
१९४८ मा लि जि शेन, हे स्याङ निङ र फेङ यु सियाङहरूले क्वोमिन्ताङ पार्टीबाट विद्रोह गरी हङकङमा चिनियाँ क्रान्तिकारी क्वोमिन्ताङ समितिको गठन गरे । सूङ चिङ लिङ यसको मानार्थ अध्यक्ष हुनुभयो ।
१ जुलाई १९४९ मा सूङ चिङ लिङले जनताको विजय हुन लागेको खुसियालीमा साङ्घाईमा ‘अभिवादन चिनियाँ कम्युनिस्ट पार्टी’ शीर्षकमा एउटा लेख प्रकाशित गर्नुभयो । उहाँले लेख्नुभयो, “हाम्रा नेताहरूलाई स्वागत छ– ती नेताहरू जो साङ्घाईमा जन्मे, च्याङसी प्रान्तको पहाडहरूमा हुर्के, २५००० ली लामो लम्बे अभियानको दौरान कठिन अवस्था र बारम्बारको सङ्घर्षहरूमा खारिए र ग्रामीण क्षेत्रहरूमा परिपक्क बने । अभिवादन चिनियाँ कम्युनिस्ट पार्टी ¤” १९४९ को सेप्टेम्बरमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नियन्त्रणमा सूङ चिङ लिङ वेजिङ आउनुभयो र चिनियाँ जन राजनैतिक सल्लाहकार सम्मेलनको पहिलो विस्तारित बैठकमा भाग लिनुभयो । उहाँले सम्मेलनमा प्रभावकारी भाषण गर्नुभयो । उहाँले भन्नुभयो, “आउनुहोस् आजैदेखि काम गर्न सुरु गरौँ र स्वतन्त्र, प्रजातान्त्रिक, शान्तिपूर्ण मजबुत र सम्मानित नयाँ चीनको निर्माण गरौँ र विश्वभरिका जनतासँग हातेमालो गर्दै विश्वमा शान्ति स्थापना गरौँ ¤” सेप्टेम्बर ३० मा उहाँ केन्द्रीय जनसरकारको उपाध्यक्षमा चुनिनुभयो । त्यस समयदेखि सूङ चिङ लिङ राष्ट्रको असङ्ख्य गतिविधिहरूमा मुख्य नेतृत्वको रूपमा संलग्न हुनुभयो र माओ त्सेतुङ, चाउ एनलाई र ल्यु शाओ चीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूमा उहाँसँग आफ्ना विचारहरूको आदानप्रदान गर्नुहुन्थ्यो ।
१९५० को अक्टोबरमा सूङ चिङ लिङले उत्तरी चीनको जिलिन र हेलिओङजिङ प्रान्तको अनुसन्धान भ्रमण गर्नुभयो । जहाँ उहाँले फ्याक्ट्रीहरू, ग्रामीण क्षेत्रहरू र सैन्य एकाइहरूको भ्रमण गर्नुभयो । जन गणतन्त्रको स्थापनापश्चात् चाँडै नै देशको निर्माण कार्य सुरु भएको र सीमा सुरक्षा मजबुत भएको देख्दा उहाँ ज्यादै खुसी हुनुभयो । यसलाई अरू विकास गर्न उहाँले जनतालाई प्रोत्साहित गर्नुभयो ।
विश्व परिदृश्यमा सूङ चिङ लिङ :
अन्तर्राष्ट्रिय गतिविधिहरूमा चीनको आधिकारिक प्रतिनिधिको रूपमा अक्सर सूङ चिङ लिङले भाग लिनुहुन्थ्यो । विश्वका जनताबिच मित्रतालाई मजबुत पार्न, प्रगतिशील संस्कृतिको विकास गर्न र विश्व शान्तिको रक्षा गर्न उहाँले उल्लेख्य भूमिका निर्वाह गर्नुभयो ।
१९५० को नोभेम्बर ३० मा वार्सामा सम्पन्न विश्व शान्ति परिषद्को दोस्रो अधिवेशनमा उहाँ कार्य समितिको सदस्यमा निर्वाचित हुनुभयो ।
१९५१ को सेप्टेम्बर १८ मा उहाँ स्तालिन पुरस्कारद्वारा सम्मानित हुनुभयो । उहाँले प्राप्त गर्नुभएको सम्पूर्ण १,००,००० रुवल चिनियाँ महिला तथा बाल कल्याण कोषलाई प्रदान गर्नुभयो ।
१९५२ को सुरुमा नयाँ जीवन निर्माण गर्न सङ्घर्षरत चिनियाँ जनताको वास्तविक अवस्था विश्वलाई जानकारी गराउन र चिनियाँ जनता र अन्य देशका जनताबिच समझदारी र मित्रता कायम गर्न नयाँ पत्रिका चीन पुनर्निर्माण प्रकाशन सुरु गर्न उहाँले सुझाव दिनुभयो । तीस वर्षसम्म सम्पादकीय नीतिहरू, त्यसको विषयवस्तु र नयाँ भाषाका संस्करणहरू प्रकाशनमा उहाँले स्पष्ट दिशानिर्देश गर्नुभयो । यस अलावा पत्रिकाका स्टाफहरूको जीवन अवस्थाको बारेमा पनि उहाँ चासो राख्नुहुन्थ्यो । चीन पुनर्निर्माणको लागि उहाँले व्यक्तिगतरूपमा ३० भन्दा बढी लेखहरू लेख्नुभयो जुन अङ्गे्रजी संस्करणबाट मात्रै सुरु भएको थियो । हाल यो सात वटा भाषाहरूमा प्रकाशित हुन्छ र विश्वको १४० भन्दा बढी देशहरूमा वितरण हुन्छ । १९५२ को मार्च २१ मा सूङ चिङ लिङ, क्वो मोजो र अरूहरूले एसिया र प्रशान्त महासागरिय क्षेत्रमा शान्ति कायम राख्न शान्ति सम्मेलनको आह्वान गर्नुभएको थियो । उक्त सम्मेलनमा सूङ चिङ लिङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो, जुन सम्मेलन सोही वर्षको अक्टोबरमा पेचिङमा सम्पन्न भएको थियो । सो सम्मेलनमा उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो ।
उहाँले डिसेम्बर १९५२ मा भियनामा सम्पन्न विश्व शान्ति कङ्ग्रेसमा चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभयो ।
१६ डिसेम्बर १९५५ देखि ४ फेब्रुअरी १९५६ सम्म सूङ चिङ लिङले भारत, बर्मा र पाकिस्तानको भ्रमण गर्नुभयो र १९५६ को अगस्तमा इन्डोनेसियाको भ्रमण गर्नुभयो । सबै भ्रमणहरू सफल रहे । उहाँको पाकिस्तान भ्रमणमा डाक्का विश्वविद्यालयले उहाँलाई कानुनमा मानार्थ विद्यावारिधीको उपाधिले विभूषित ग¥यो ।
१९५७ को नोभेम्बरमा मस्कोमा सम्पन्न कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको प्रतिनिधिहरूको बैठकमा माओ त्से तुङसहित सूङ चिङ लिङले भाग लिनुभयो ।
जन गणतन्त्र चीनको उपाध्यक्षको हैसियतले सूङ चिङ लिङले प्रधानमन्त्री चाउ एनलाई र उपप्रधानमन्त्री चेन यीसहित फेब्रुअरी १९६४ मा श्रीलङ्काको भ्रमण गर्नुभयो ।
सम्मानित राष्ट्रिय नेतृ :
सूङ चिङ लिङ चीनका सबै जातिहरूको सम्मानित र प्रिय नेतृ हुनुहुन्थ्यो । १९५४ को सेप्टेम्बरमा पहिलो राष्ट्रिय जन कङ्ग्रेसको पहिलो विस्तारित बैठकबाट उहाँ राष्ट्रिय जन कङ्ग्रेसको उपाध्यक्ष चुनिनुभयो ।
१९५४ को डिसेम्बरमा उहाँ चिनियाँ जन राजनैतिक सल्लाहकार समितिको उपाध्यक्षमा निर्वाचित हुनुभयो ।
१९५६ को सेप्टेम्बरमा पार्टी केन्द्रीय समितिको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ राष्ट्रिय कङ्ग्रेसमा भाग लिनुभयो । उक्त कङ्ग्रेसलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी नेतृत्वविना हाम्रो विजय असम्भव थियो ।” “भविष्यमा समाजवाद र साम्यवाद विश्वभरि अभ्यास गरिने सामाजिक व्यवस्था हुनेछ भन्ने कुरामा म विश्वस्त छु । यस्तो सामाजिक व्यवस्था कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र अनुभव गर्न सकिन्छ र यो निश्चितरूपमा अनुभव गरिनेछ ।”
२७ अप्रिल १९५९ मा दोस्रो राष्ट्रिय जनकङ्ग्रेसको पहिलो बैठकद्वारा सूङ चिङ लिङ जन गणतन्त्र चीनको उपाध्यक्षमा पुनःनिर्वाचित हुनुभयो ।
१२ नोभम्बर १९६२ मा सूङ चिङ लिङको लेख ‘सनयात सेन चिनियाँ कम्युनिस्ट पार्टीसँग उहाँको सहकार्य’ प्रकाशित भयो । त्यस लेखमा उहाँले भन्नुभयो, “सनयात सेनले ४० वर्षसम्म चीन र चिनियाँ जनताको लागि राजनैतिक सङ्घर्ष गर्नुभयो । चिनियाँ क्रान्तिलाई अघि बढाउन चिनियाँ कम्युनिस्ट पार्टीसँग आपसी सहयोग स्थापित गर्नुपर्छ भन्ने उहाँको विचार उहाँको जीवनको अन्ततिर सर्वोच्च बिन्दुमा पुग्यो ।”
३ जनवरी १९६५ मा तेस्रो राष्ट्रिय जन कङ्ग्रेसको पहिलो बैठकले उहाँलाई जन गणतन्त्र चीनको उपाध्यक्षमा पुनःनिर्वाचित ग¥यो ।
१२ नोभेम्बर १९६६ मा डा. सनयात सेनको जन्मदिनको शतवार्षिकीको अवसरमा राजधानीमा आयोजित एउटा कार्यक्रममा उहाँले सनयात सेनका क्रान्तिकारी जीवनको वर्णन गर्दै “सनयात सेन – एक विश्वसनिय र नीडर क्रान्तिकारी’ बारे भाषण गर्नुभयो । उहाँले भन्नुभयो, “हामी उहाँको ४० वर्षसम्मको अथक सङ्घर्ष प्रति गौरवान्वित छौँ ।” “हामीलाई समानताको व्यवहार गर्ने राष्ट्रहरूसहित हामीले जनतालाई उठाउनुपर्छ र एकताबद्ध गर्नुपर्छ ….’ भन्ने उहाँको उक्ति आज पनि सही छ ।” “हाम्रो उद्देश्यप्रतिको दृढ सङ्कल्प र माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराप्रतिको पूर्ण विश्वासका साथ र विजयी हुन्छौँ भन्ने आत्मविश्वासका साथ मानिसले मानिसलाई गर्ने शोषणको विरुद्ध राष्ट्रिय दमनविना र जातीय भेदभावविना हामीले सङ्घर्षका लागि हातमा हात जोड्यौँ ।”
१७ जनवरी १९७५ मा चौथो राष्ट्रिय जनकङ्ग्रेसको पहिलो बैठकद्वारा र ५ मार्च १९७८ मा पाँचौँ राष्ट्रिय जनकङ्ग्रेसको पहिलो बैठकद्वारा सूङ चिङ लिङ राष्ट्रिय जन कङ्ग्रेस कार्य समितिको उपाध्यक्षमा पुनः निर्वाचित हुनुभयो ।
साभार : विश्व प्रसिद्ध महिलाका जीवनी र कार्यहरू
समाप्त
Leave a Reply