भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
कैलाली, १६ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा लम्किचुहा न.पा.वडा नं. ४ अमरपुरमा महिला भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले महिलाहरू राजनीतिकरूपले सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो । उहाँले श्रमिक महिलाहरूले आफ्नो हितको लागि सर्वहारा वर्गीय राजनीति अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको देनबारे प्रस्ट पार्दै महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भएको हँुदा श्रमिक महिला र पुरुष हातेमालो गरी अघि बढ्दा श्रमिकको मुक्ति हुने बताउनुभयो ।
नेक्रामहिला सङ्घ कैलालीका अध्यक्ष लक्ष्मी पुनले महिला दिवसको नाममा पुँजीवादी दलले विभिन्न किसिमका विकृतिहरू फैलाएको जानकारी दिनुभयो । श्रमिक महिलाहरू यस्ता विकृतिहरूबाट टाढा रही अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व बुझ्न र बुझाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
नेक्राशिसङ्घ कैलालीका उपाध्यक्ष रत्नादेवी रावलले श्रमिक महिला आन्दोलन अमेरिकाबाट सुरु भई विश्वभरि फैली महिला मुक्ति भएको स्मरण गराउनुभयो । श्रमिक महिलाहरूलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था राज्यले गर्नुपर्ने कुरा उहाँले बताउनुभयो ।
फागुन १५ गते लम्किचुहा नपा वडा नं.१ थपालीपुरमा नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा महिला भेला भयो ।
भेलामा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेक्रामसङ्घले आउँदो फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यरूपमा मनाउन जिल्लाका विभिन्न ठाउँबाट श्रमिक महिलाहरू उपस्थितिको लागि आग्रह गर्नुभयो ।
नेक्रामहिला सङ्घ कैलालीका अध्यक्ष लक्ष्मी पुनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते हुने नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीको दोस्रो जिल्ला सम्मेलन सफल पार्न सम्पूर्णमा आग्रह गर्नुभयो ।
Leave a Reply